बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खाली पेटमा बिर्सेर पनि नखानुहोस् यी खानेकुराः पुर्याउँछ हानी

आइतबार, ०१ साउन २०७४, १३ : ३६
आइतबार, ०१ साउन २०७४

सुतेर उठ्दा शरिरमा एसिडको मात्रा धेरै हुने गर्दछ । यस्तोमा एसिडको स्तर बढाउने खानेकुरा एसिडिटीजस्ता विभिन्न स्वास्थ्य समस्या निम्त्याउने गर्दछ । पुणेका डाइटिशियन डा. नेहा शिरकेले खाली पेटमा केही खानेकुरा खानेुकरा खान वर्जित गरेकी छिन् ।

१. केराः

केरामा क्याल्सियम, म्याग्नेसियम हुन्छ । खाली पेटमा खाँदा क्याल्सियम, म्याग्नेसियमको ब्यालेन्स बिग्रने भएकाले एसिडिछी हुनसक्छ ।

२. चियाः

चियामा एसिडको मात्रा धेरै हुन्छ । यो खाली पेटमा खाँदा पेट पोल्ने र दुख्ने गर्दछ ।

३. दहीः

यसमा पाइने प्रोबायोटिक ब्याक्टेरिया खाली पेटको एसिडको स्तरलाई बढाउने गर्दछ । खाली पेटमा दहीका सेवन गर्दा पेट पोल्ने समस्या हुने गर्दछ ।

४. दूधः

यसमा पाइने स्याचुरेटेड फ्याट, प्रोटिनले पेटको मांसपेशीलाई कमजोर बनाउने गर्दछ । यसले अपच हुने र खकारको समस्या निम्त्याउने गर्दछ ।

५. गुलियो खानेकुराः

मिठाई वा हलुवाजस्ता खानेकुरा खाली पेटमा खाँदा रगतमा चीनिको मात्रा बढ्नेछ । यसले आँखाको समस्या निम्त्याउने गर्दछ ।

६. शखरखण्डः

यसमा टोनिक र प्याक्टिन हुन्छ जुन खाली पेट हुँदा पच्दैन । यसले छाती पोल्ने समस्या निम्तिन सक्छ ।

७. आँपः

यसले शरिरमा गर्मी पैदा गराउँछ । यसलाई खाली पेटमा खाँदा एसिडको स्तरमा वृद्धि हुन्छ र एसिडिटी बढ्नेछ ।

८. सुन्तलाः

सुन्तलामा ओर्गानिक एसिड हुन्छ । यसले एसिड धेरै बन्ने गर्दछ । यदि खाली पेटमा खाए एसिडको मात्रा बढ्छ ।

९. कोल्ड ड्रिङ्क्सः

यसमा कार्बोनेट एसिड हुन्छ । यसलाई खाली पेटमा खाँदा बान्ता हुनसक्छ ।

१०. खरबुजाः

यसमा आइरन, पोटासियम हुन्छ । आइरन र पोटासियम खाली पेटमा खाँदा एसिटिडी हुनसक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप