मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कम्युनिष्ट सरकार गलत बाटोमा हिड्यो :पूर्व राज्यमन्त्री रज्जाक

शुक्रबार, ०४ साउन २०७५, १३ : ३३
शुक्रबार, ०४ साउन २०७५

बुटवल –पूर्व खानेपानी राज्यमन्त्री अब्दुल रज्जाकले ओली नेतृत्वको सरकार समाजबाद भन्दै उल्टोबाटोमा हिँडेको टिप्पणी गरेका छन् ।

जनताको भाबना र मर्म बिपरित अघि बढेको सरकारको पछिल्ला गतिबिधि दुखदायी भएको भन्दै गलत रबैयाले सरकारले आफ्नै आयु घटाएको जिकिर गरे । 

बपी स्मृति दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको साक्षात्कार कार्यक्रममा कांग्रेस रुपन्देहीका सभापति समेत रहेका उनले बिपिको नीति सिद्धान्त निकै राम्रो  र सान्दिर्भिक रहेको चर्चा गरे । 

जनताको इच्छा र उत्तरदायि हुने नेताको रुपमा उहालाइ स्मरण गर्दै रञ्जाकले मुलुकमा लोकतन्त्र स्थापित गर्न पनि बिपिकै योगदान रहेको बताए । 

‘अहिलेको सरकार जनउत्तरदायि बन्न सकेन ,नारा समृद्धि, ब्यबहार निरंकुश देखियो ।’ उनले भने ।

जनता आर्थिक रुपमा समृद्धि हुनुपर्ने र सरकारले कर थोपर्ने मात्रै काम गरेको भन्दै बिरोध जनाए ।

प्रदेशसभा ५ सदस्य तथा काँग्रेस संसदीय दलका नेता बलदेब शर्मा पोखरेलले बीपीको सिद्धान्त अनुसार कांग्रेस चल्न नसकेको बताए । 

प्रदेशसभा ५ सदस्य भोजप्रसाद श्रेष्ठले बीपीलाइ एक कुशल राष्ट्रभक्त नेताको रुपमा चिन्नुपर्ने भन्दै उनले इँतिहास साक्षी रहेको प्रष्ट पारे ।

राष्ट्र एकताको लागि उनीबाट पाठ सिक्नुपर्ने बताए ।

बुटवल बहुमुखी क्याम्पसका सह प्राध्यापक डा सुरेन्द्र गिरिले बामपन्थीले गहन अध्ययनबिना बिपीलाइ देश बेच्यो भनेर आरोप लगाएको स्मरण गर्दैै उनले २०३३ सालमा बिपीले मेलमिलापको नारा लिएर देश आएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप