शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर आंँखा अस्पताललाई पांँचसय थान चस्मा

शुक्रबार, ०४ साउन २०७५, १३ : ४२
शुक्रबार, ०४ साउन २०७५

चितवन– क्यानडाको टोरण्टो शहरस्थित लिसाइड सेन्टिनियल लायन्स क्लबले भरतपुर आंँखा अस्पताललाई ५०० थान चस्मा सहयोग स्वरूप उपलब्ध गराएको छ । 

अस्पतालमा आज आयोजित कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष डा तुलसी धरेलले नेपाल नेत्रज्योति संघका जिल्ला सभापति कृष्णराज धरेल, आंँखा अस्पताल सञ्चालक समितिका अध्यक्ष चिजकुमार मास्के र मेडिकल डाइरेक्टर प्राडा रघुनन्दन बेञ्जुलाई ती चस्मा हस्तान्तरण गरेका थिए । 

क्यानडाबाट हालै नेपाल आएका धरेलले करिब रु चार लाख बराबरको ती चस्मा हस्तान्तरण गरिएको र आउँदा दिनमा पनि आंँखा अस्पताललाई सक्दो सहयोग गर्ने बताए । अस्पतालका अध्यक्ष मास्केले ती चस्मा गरिब, असहायलाई प्रदान गरिने जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप