बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दुधको मूल्य घटाएकोमा चितवनका कृषकको आपत्ति

शुक्रबार, ०४ साउन २०७५, १३ : ५९
शुक्रबार, ०४ साउन २०७५

चितवन -यहाँका कृषकहरुले दुधको मूल्य घटाएकोमा विरोध जनाएका छन । 

चितवन राप्ती नगरपालिकाका अगुवा कृषकहरुले दुधको मूल्य घटाएको विरोधमा शुक्रबार भण्डारास्थित पूर्वपश्चिम राजमार्गमा दुध पोखेर विरोध जनाएका हुन । 

सरकारी स्वामित्वमा रहेको डिडिसीले असार १५ गतेबाट दुधको मूल्य प्रतिलिटर ३ रुपैँया घटाएसँगै अरु निजी दुध डेरीहरुले पनि दुधको मूल्य घटाउने क्रम सुरु गरेपछि त्यहाँका कृषकहरु आक्रोशित भएका हुन । 

निजी डेरी उद्योगहरुले समेत दुधको मूल्य घटाएपछि त्यसको विरोधमा उत्रनु परेको राप्ती नगरस्तरीय दुग्ध उत्पादक सहकारी संस्था समन्वय समितिका संयोजक डिल्लीप्रसाद थपलियाले जानकारी दिए । 

समितिले पटक–पटक दुधको मूल्य घटाउने सरकारको निर्णयले कृषकलाई झनै मारमा पारेको पनि स्पष्ट पारेको छ ।

विदेशबाट आयातित पाउडरका कारण दुधको मूल्य घटदै गएको केन्द्रिय दुग्ध सहकारी संघका केन्द्रिय सदस्य बालकृष्ण उप्रेतिले बताए । 

संघले दुधको मूल्य समायोजन नभए सरकारविरुद्ध आन्दोलनमा जाने चेतावनी पनि दिँदै आएको छ ।

चितवनमा दैनिक करिब ४ लाख ७० हजार लिटर दुध उत्पादन हुँदै आएको छ ।

त्यसमध्य करिब २ लाख ५० हजार लिटर दुध काठमाण्डौ, पोखरा, हेटौडालगायतका सहरमा जाने गरेको पनि उप्रेतीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप