शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकाको मिसौरीमा डुङ्गा दुर्घटना, ११ जनाको मृत्यु

शुक्रबार, ०४ साउन २०७५, १४ : १७
शुक्रबार, ०४ साउन २०७५

वासिङ्टन– अमेरिकाको मिसौरी राज्यमा रहेको एक तालमा बिहीबार पर्यटक बोकेको डुङ्गा दुर्घटना हुदा त्यसमा रहेका कम्तीमा पनि ११ जनाको ज्यान गएको छ । 

यस दुर्घटनामा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको र अरु पाँच जना हराएका स्थानीय अधिकारीले जानकारी दिएका छन् । 

आँधी आएका कारण सो डुङ्गा डुबेको बताइएको छ । पर्यटकहरु जल सयर गरिरहेका बेला ठूलो आँधीबेहरी आएको र त्यसका कारण सो दुर्घटना भएको जनाइएको छ । 

सो दुर्घटनामा मारिएकामा केही बालबालिका पनि रहेका जनाइएको छ । यस दुर्घटनामा घाइते भएका सात व्यक्तिलाई उद्धार गरी अस्पताल भर्ना गरिएको छ । 

स्थानीय समयाअनुसार बिहीबार साँझ ६ः३० मा भएको सो घटनाको समयमा डुङ्गामा ३१ व्यक्ति सवार रहेका थिए । तीमध्ये केहीलाई भने सकुशल उद्धार गरिएको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप