केन्द्रीय संस्करण

नेपालको उर्जा क्षेत्रमा काम गर्न अष्ट्रेलियन सरकार तयार , प्राविधिक सहयोगसम्बन्धमा हस्ताक्षर

person access_timeसाउन ४, २०७५ chat_bubble_outline0

काठमाडौं–उर्जा,जलस्रोत एवंम् सिंचाईमन्त्री बर्षमान पुन र नेपालका लागी अष्ट्रेलियन राजदूत पिटर बडबीच भेटवार्ता भएको छ । 

सिंहदरबारस्थित उर्जामन्त्रालयमा भएको भेटमा उर्जा र जलविद्युत क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको थियो । 

भेटमा मन्त्री पुनले आफु उर्जाममन्त्रीको रुपमा कार्यभार सम्हालेसंगै उर्जा र जलविद्युत क्षेत्रको समग्र विकासको लागी श्वेतपत्र जारी गरेको जानकारी दिंदै १० बर्षमा १५ हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य रहेको बताए ।   

उहाले उर्जा क्षेत्रको विकासका लागी सरकारलाई थप लगानी आवश्यक रहेको भन्दै त्यसका लागी अष्ट्रेलियन सरकारको तर्फबाट सहयोगको खांचो रहेको धारणा राखेका थिए । 

उर्जामन्त्री पुनले भेटमा अष्ट्रेलियन सरकारले नेपालको विकासका लागी विभिन्न क्षेत्रमा गरेको सहयोगप्रती सरकारको तर्फबाट धन्यवाद व्यक्त गरे । 

अष्ट्रेलियन राजदूत बडले भेटमा उर्जामन्त्रालय मातहतका निकायलाई विज्ञहरु उपलव्ध गराउन र प्राविधिक सहयोग दिन अष्ट्रेलियन सरकार तयार रहेको बताए ।

उनले उर्जा क्षेत्रमा काम गर्न आफु निकै इच्छुक रहेको धारणा समेत भेटमा राखे । 

राजदूत बडले सौर्य उर्जामा लगानी गर्न अष्ट्रेलियन कम्पनीहरु ईच्छुक रहेको जानकारी समेत मन्त्री पुनलाई दिए ।

उनले निजी क्षेत्रको एक अष्ट्रेलियन कम्पनीले नेपालमा ३ सय मेगावाटको सोलार प्लाण्ट स्थापना गर्ने ईच्छा व्यक्त गरेको समेत भेटमा बताए ।

प्राविधिक सहयोगसम्बन्धमा हस्ताक्षर 

उर्जामन्त्रालयअन्र्तगतको विद्युत उत्पादन कम्पनी र अष्ट्रेलियन दूतावासबीच प्राविधिक सहयोगसम्बन्धमा समेत एमओयु भएको छ ।

उर्जामन्त्री बर्षमान पुनको उपस्थितीमा शुक्रवार कम्पनीका प्रवन्धक निर्देशक मोहनराज पन्त र अष्ट्रेलियन डेभलोपम्याण्ट कोअपरेशनकी प्रमुख एनसली हेम्मिङबीच १२ बुदे समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

दुइै पक्षबीच भएको समझदारीको उद्देश्य राष्ट्रिय महत्वका जलविद्युत परियोजनाको विकासमा सहयोग गर्ने रहेको े विद्युत उत्पादन कम्पनीका प्रवन्ध निर्देशक पन्तले बताए । त्य

सैगरी समझदारीअनुसार अष्ट्रेलियाले पावर हाउसहरुको स्वरुप निर्धारण र पुनरावलोकनमा सहयोग गर्नुका साथै भू–प्राविधिक कार्यमा समेत सहयोग गर्नेछ । 


 

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ