बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भन्सार कार्यालयद्दारा आठ करोड राजश्व संकलन

शुक्रबार, ०४ साउन २०७५, १४ : ४४
शुक्रबार, ०४ साउन २०७५


नवलपरासी– पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले आर्थिक वर्ष २०७४/७५ मा रु आठ करोड ६९ लाख, ८६ हजार राजश्व संकलन गरेको छ । 

छोटी भन्सार कार्यालयका नासु ईश्वरी चापागाईंका अनुसार जेठमा रु एक करोड १८ लाख ६३ हजार र असारमा रु ६३ लाख ५९ हजार राजश्व संकलन भएको छ । 

आव २०७३/७४ मा रु पाँच करोड राजश्व संकलन भएको थियो । आव २०७३/७४ को तुलनामा आव २०७४/७५ मा रु तीन करोड ६९ लाख, ८६ हजार बढी राजश्व संकलन भएको थियो । 
सरकारले केही दिनअघि साउन १ गतेदेखि लागू हुने गरी उक्त छोटी भन्सारलाई मूल भन्सारका रुपमा स्तरोन्नति गरेको थियो । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप