शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुन व्यापारीको धन्दाः सक्कली देखाउने, नक्क्ली बेच्ने !

शुक्रबार, ०४ साउन २०७५, १४ : ५४
शुक्रबार, ०४ साउन २०७५

काठमाडौं– सानो टुक्रा ओरिजिनल सुन देखाएर ‘हामीसँग धेरै सुन छ, सस्तोमा दिन्छौं’ भन्दै पँहेलो धातु लेपन गरिएको नक्कली सुनका बिस्कुट देखाउँदै ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको धैवुङ–३ स्थायी घर भएका राज लामा, सोही जिल्लाका म्लाङसिङ्ग लामा र सोलुखुम्बु स्थायी घर धएका टासी लाक्पा शेर्पा रहेको महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख (एसएसपी) विश्वराज पोखरेलले बताए । 

महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरेर लामो समयदेखि यसरी ठग्दै आएको गिरोहलाई शुक्रबार सार्वजनिक गरेको छ । राजधानीको चाबहिल, कपन र कोटेश्वर कार्यक्षेत्र बनाएर नक्कली सुनका बिस्कुट, बेरुवा औंठी सहित सुनका बिल समेत देखाएर सो समुहले ठगी गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

बिहीबार चुच्चेपाटीबाट पक्राउ परेका राज लामा र म्लाङसिङ्ग लामाको बयानका आधारमा १ किलो नक्कली सुन सहित पक्राउ परेका टासी शेर्पा जघन्य अपराधमा जेल बसिसकेका छन् । 

‘टासी लाक्पा शेर्पाले २०५८ सालमा आफ्नै फुपुलाई कर्तब्य गरि मारेर १० बर्ष सजाय भोगिसकेको खुल्न आएको छ’ एसएसपी पोखरेलले भने, ‘जेल सजाय भुक्तान गरेपछि उनी अहिले डकैती, चोरी तथा लुटपाटमा संलग्न भएको खुल्न आएको छ ।’ 

त्यस्तै राज लामालाई पनि महानगरीय प्रहरी वृत बौद्ध र महराजगञ्जले ठगी केशमा मुद्धा चलाएको बताईएको छ । यसरी नक्कली सुन देखाएर ठगी गर्दै आएको समुहलाई ठगी मुद्धामा म्याद लिएर अनुसन्धान गरिने काठमाडौं प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप