शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डा.गोविन्द केसीकै अगाडि देउवाले भनेः ‘उहाँ कांग्रेसले उचालेर उचालिने मान्छे होइन’

शुक्रबार, ०४ साउन २०७५, १७ : ०९
शुक्रबार, ०४ साउन २०७५

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले डा. गोविन्द केसीले उठाएका माग तत्काल पूरा गरेर उनको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेका छन् । आज महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर डा. केसीको स्वास्थ्य अवस्था बुझ्दै उनले सो आग्रह गरेका हुन् ।

सभापति देउवाले आफ्नो नेतृत्वको सरकारले ल्याएको चिकित्सा शिक्षा अध्यायदेश अहिलेको सरकारलाई हुबहु कार्यान्वयन गर्न समेत माग गरे । उनले आफ्नो सरकारले अध्यायादेश जारी गरेर केसीका माग पुरा गर्न सुरु गरेको बताउँदै सो अध्यायदेशलाई अहिले कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

डा.केसीका सहयोगी अभिषेकसिंह शाहका अनुसार सभापति देउवाले डा.केसीले उठाउनुभएको मेडिकल कलेज सञ्चालनको मुद्धा समेत सही भएकोले सोही अनुसार सरकारले विद्येयक पास गर्नुपर्नेमा जोड दिएका थिए । देउवाले डा. केसीका माग पूरा गर्न जनस्तरबाट समेत सहयोग आह्वान गरेका थिए । डा.केसीलाई कांग्रेसले उचालेको आरोप छ नि भन्ने पत्रकारहरुको प्रश्नमा सभापति देउवाले डा. केसी कसैले उचालेर उचालिने मान्छे नभएको दाबी गरेका थिए । 
अनसनरत डा.केसीले भने आफ्नो माग पुरा नभएसम्म अनसन जारी राख्ने अठोट गरेका छन् । उनले माग पुरा नभएसम्म सरकारले उपलव्ध गराउने भनिएको स्वास्थ्य सेवा समेत नलिने बताएका छन् । तस्विरः सुवास श्रेष्ठ/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप