भारतमा तीन वर्षभित्र १ लाख १० हजारभन्दा बढी बलत्कारको घटना दर्ता
शुक्रबार, ०४ साउन २०७५, १७ : १७
एजेन्सी– भारतको संघीय मन्त्री किरेन रिजिजुले बुधबार संसदलाई जानकारी दिएअनुसार भारतमा सन् २०१४–१६ बीचमा १,१०,३३३ बलात्कारका घटनाहरु दर्ता भए । रिजिजुले यो कुरा भारतीय उपल्लो संसद राज्यसभालाई जानकारी गराएका हुन् ।
मन्त्रीका अनुसार सन् २०१६ मा ३४,६५१ बलात्कार मुद्धा दर्ता भएका थिए भने सन् २०१५ मा ३४,६५१ बलात्कारका घटना दर्ता भएका थिए । त्यस्तै सन् २०१४ मा ३६,७३५ बलात्कारका घटनाहरु दर्ता भएका थिए ।
उता महिलामाथि हुने समग्र हिंसाको कुरा गर्दा मन्त्रीले दिएको सुचना अनुसार सन् २०१६ मा महिलाबिरुद्ध ३,३८,९५४ हिंसाका घटना भएको दर्ता भएको थियो भने सन् २०१५ मा ३,२९,२४३ मुद्धा दर्ता भए । लिखित जवाफमा किरेनले सन् २०१४ मा ३,३९,४५७ वटा महिलाविरुद्धको हिंसाका घटना दर्ता भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभामा तहगत अन्तरसम्बन्ध र समन्वय अध्ययन प्रतिवेदन पेस
-
एफटीएक्स घोटालामा बैंकम्यान–फ्राइडलाई २५ वर्षको जेल सजाय
-
उद्योगी व्यवसायीहरूले अर्थतन्त्र सकारात्मक छ भन्ने सन्देश दिन जरुरी छ : अध्यक्ष ढकाल
-
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
-
ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा शिक्षकको मृत्यु
-
अर्बौं रकम लगानी गरेका मेडिकल कलेज सञ्चालक यसकारण २०८५ साल पर्खिन बाध्य