शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

करमा आक्रामक भएन भने राज्य चल्दैनः अर्थमन्त्री खतिवडा

शुक्रबार, ०४ साउन २०७५, १८ : ०८
शुक्रबार, ०४ साउन २०७५

काठमाडौं– अर्थमन्त्री डा.युवराज खतिवडाले भावी पुस्तालाई करको बोझ नबोकाउने उदेश्यले अहिले आफुले करमा नियन्त्रण गरेको जनाएका छन् । उनले आज उपभोग गरेको कुराको आजै कर उठाएर तिर्ने उदेश्य रहेकाले कर प्रणालीमा आक्रामक भएको स्पष्ट पारे । 

शुक्रबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री खतिवडाले भने, ‘सरकार कर प्रणलीमा आक्रामक भएका हो । कर चुहावट नियन्त्रण गर्न हामी आक्रामक भएका हौ र ठुलो ट्याक्सबेस भएको क्षेत्रमा हामी प्रवेश गरेकै हो । यदि त्यसरी प्रवेश नगर्ने हो भने राज्य चल्न सक्तैन । मूल्य अभिबृद्धिकर सबैभन्दा ठुलो राजस्व दिने कर भएको छ । कसैले मूल्य अभिबृद्धिकर धेरै भयो भनिरहँदा जहाँ कर छल्न नसक्नेगरी कर लगाउनुपर्ने हुन्छ, त्यहाँ कर लगाउन सकिएन भने राज्य चल्दैन । सुचना प्रविधिमा लागेको कर पनि यसैसँग सम्बन्धित छ ।’

करमा कडाइ गर्नुपर्ने कारण बताउँदै उनले भने, ‘अहिले कर लगाएर उपभोग गर्नुपर्यो कित ऋण लिएर उपभोग गरेर आउने पुस्तालाई ऋण तिर भन्नु पर्यो । आज उपभोग गरेको कुरालाई आजै कर उठाएर तिर्ने हो । भावी पुस्तालाई बोझ थप्ने होइन ।’

‘यो  सरकारले कर बढायो भनेर विरोध गरिरहनु भएको छ । हामीले कर बढाएका छैनौ, केही वस्तु तथा सेवामा भ्याट फिर्ता दिने गरेकोमा अब दिँदैनौ मात्र भनेका हौ,’अर्थमन्त्री खतिवडाले भने । खतिवडाले आफुहरुले मूल्य अभिबृद्धि कर नबढाएको स्पष्ट पारेका छन् ।  यस्तै बजेटपछिको मूल्य बृद्धिलाई अस्वभाविक मान्नुपर्ने अवस्था नरहेको पनि उनले स्पष्ट पारे ।

अर्थमन्त्रीले आफ्नै अन्तर सरकारी संवाद राम्रो नभएकाले कसले लिन नपर्ने कर लियो, को क्षेत्राधिकार भन्दा बाहिर गयो भन्ने विषय सञ्चार माध्यमबाटै थाहा पाउनुपर्ने अवस्था आएको बताए । ‘हामीले करका विषयमा कहाँ दुःख दिएका छौ भनेर छलफल गरेर अगाडि बढ्नुपर्ने बेला भएको छ,’ उनले भने ।

उनले अहिले लगानीको वातावरणमा सुधार आएको र विगतका दुई वर्ष लगातार ६ अंक माथिको आर्थिक बृद्धिदर हाँसिल गरेकाले अब ८ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्न सहज हुने उल्लेख गरे ।  परिसुचक राम्रो देखिन थालेको र वैदेशिक लगानीको बातावरण  बन्दै गएकाले आर्थिक बृद्धिदर सहज भएको बताए । 

यता राजस्व सचिव शिशिर ढुंगानाले दुरसञ्चारमा कर बढाएको भनेर विरोध भइरहेको भ्न्दै खरिद र बिक्री मूल्यलाई तुलना  गरेर हेरिदिन आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप