बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डको निजी सचिावलयले गर्यो समाचारको खण्डन

शुक्रबार, ०४ साउन २०७५, १८ : २३
शुक्रबार, ०४ साउन २०७५

काठमाडौँ– डा. गोविन्द केसीको मागप्रति नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम जोडर विभिन्न सञ्चारमाध्यममा आएको समाचारमा कुनै सत्यता नभएको उनको निजी सचिवालयले जनाएको छ । 

अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले आज प्रेस विज्ञप्ति जारी गर्दै ‘डा.केसीको माग जायजः प्रचण्ड’ शीर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

‘डा केसीका विषयमा अध्यक्ष दाहालसँग कुनै पनि सञ्चारमाध्यम र सञ्चारकर्मीसँग कुरा भएको छैन्,’ विज्ञप्तिमा भनिएको छ, ‘डा केसीका मागप्रति प्रधानमन्त्री र अध्यक्ष दाहालबीच समान धारणा रहेको छ ।’ 

अध्यक्ष दाहाल संलग्न नभएको विषयमा नाम जोडेर समाचार प्रकाशित गरिएकामा विज्ञप्तिमा खेद व्यक्त गरिएको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप