शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डाक्टर केसी भेट्न पुगे नेता केसी

शुक्रबार, ०४ साउन २०७५, १८ : २८
शुक्रबार, ०४ साउन २०७५

काठमाडौं– प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसी त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन् । केसी स्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै २१ दिनदेखि अनसनरत छन् । 
यसैक्रमा नेता केसी शुक्रबार अपरान्ह अस्पताल पुगी डाक्टर केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । 
भेटका क्रममा नेता केसीले डाक्टर केसीले स्वास्थ्य क्षेत्रको सुधारका सम्बन्धमा राखेका मागका सम्बन्धमा ऐक्यबद्धता जनाएका थिए । 
नेता केसीले डाक्टर केसीको माग नेपाली जनताको साझा माग रहेको भन्दै माग पूरा गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिएको पनि  नेविसंघका नेता निरन्जन थापाले जानकारी दिए ।

सो क्रममा  डाक्टर केसीले आफ्नो मागप्रति दृढ रहेको भन्दै माग पूरा नभएसम्म अनसन नतोड्ने नेता केसीसँग बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप