बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्ला घटनामा किन झूट बोल्यो प्रहरीले ?

शनिबार, ०५ साउन २०७५, ०७ : ०२
शनिबार, ०५ साउन २०७५

काठमाडौं - जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बसेका डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन जुम्ला प्रहरीले दुई झुटको सहारा लिएको खुलेको छ । सरकारले प्रहरी बल प्रयोग गरेर बिहीबार केसीलाई जुम्लाबाट काठमाडौं ल्याएको हो ।

प्रतिष्ठान परिसरमा प्रहरीले भिड नियन्त्रणका लागि बिहीबार हवाइ फायर गर्दा प्रहरी जवान कमल आचार्यको मृत्यु भएको घोषणा डीएसपी डा. तपनकुमार दाहालले घोषणा गरिदिए । सञ्चारमध्यममा प्रहरी जवानको मृत्यु भएको खबर आएपछि प्रहरी प्रधान कार्यालयले उनको मृत्यु नभई सिसा र फलामको किला लागेर गम्भीर घाइते भएको बतायो ।

नागरिक दैनिकको पृष्ठ २ मा प्रहरीका दुई झुट शिर्षकमा समाचार छापिएको छ । आफ्नो गल्ती ढाकछोप गर्न प्रहरीले उल्टै सञ्चार माध्यमलाई उपदेश दिँदै ‘समाचार ब्रेक गर्ने होडबाजीमा असत्य समाचार सम्प्रेषण नगर्न’ अपिलसमेत गरेको थियो । आखिर प्रहरीले आफ्नै सहकर्मीको मृत्यु भएको खबर फैलाएर भिड नियन्त्रण गर्ने स्थिति किन बन्यो ? 

यस्तै कान्तिपुरको पृष्ठ २ मा किन झुट बोल्यो प्रहरीले शिर्षकमा समाचार छापेको छ । समाचर अनुसार, जुम्लाका डीएसपी तपनकुमार दाहालले किन प्रहरीको मृत्यु भएको भन्दै माइकिङ गरे ? प्रहरी प्रवक्ता शैलेश थापाले भने,  ‘डीएसपीले किन त्यस्तो भने र त्यस्तो अवस्था किन आयो भन्नेबारेमा आन्तरिक छानबिन सुरु भएको छ।' 

कान्तिपुरले लेखेको छ, भीड नियन्त्रणका बेला होस् या अन्य, गलत सन्देश प्रसार गर्नु आचारसंहिताविपरीत र गैरकानुनी हो , त्यसले कार्यस्थलमा खटिएका प्रहरीलाई झनै उत्तेजित बनाउन सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप