शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मुस्ताङ दुर्घटनामा बाबुआमा गुमाएका बालकलाई सहयोग

शनिबार, ०५ साउन २०७५, ०८ : १७
शनिबार, ०५ साउन २०७५

पोखरा - मुस्ताङको लो घेकर दामोदरकुण्ड गाउँपालिका–३ स्याङ्बोचेमा असारमा भएको टिपर दुर्घटनामा बाबुआमा गुमाएका टुहुरा बालकहरुलाई सञ्चारकर्मी जमुना शर्मा वर्षाको सक्रियतामा संकलित २३ हजार आर्थिक सहयोग शुक्रबार हस्तान्तरण भएको छ । 

रोजगारीका लागि मुस्ताङ पुगेका मौसम घर्ती मगर र जीतमायाका दुई छोरालाई सो रकम हस्तान्तरण गरिएको हो । 

रोल्पा, थवाङ – १ फुर्तीवाङ स्थायी बसोबास भएको मगर दम्पतीको मृत्यु भएपछि पोखराको नयाँबजारस्थित भाडाको कोठामा बस्दै आएका १२ वर्षीय विवश र छ वर्षीय विशेषनलाई रोजगारीका सिलसिलामा स्वदेश तथा विदेशमा रहेका अमृत साइन्स क्याम्पसका पूर्वविद्यार्थीको पहलमा रकम संकलन गरिएको क्याम्पसका पूर्वविद्यार्थी अच्युत भट्टराईले जानकारी दिए । 

यसअघि जिल्ला बालकल्याण समिति कास्कीबाट १० हजार, रमेशबहादुर भट्टराईबाट १० हजार, लायन्स क्लब अफ पोखरा डाइमन्स भिलेजबाट २० हजार प्राप्त भएको रोल्पा पोखरा सम्पर्क समाजका कोषाध्यक्ष रामकुमार बुढा मगरले जानकारी दिए । 

बालकद्वयलाई निकट भविष्यमा एसओएस बालग्राम रामबजारमा राख्ने तयारी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप