विकास र उन्नति

person access_timeसाउन १, २०७४ chat_bubble_outline0
SHARES

उन्नतिका सर्तहरु 

यो विषय धेरै चर्चा नभएको विषय हो । विकासको कुरा त हामी धरैले सुन्ने गरेका छौँ तर, कताकता उन्नतिका कुराचाहिँ हरायो । धरणीधर कोईरालाले राणाशासनकालमै लेखेको कवितालाई बीपी कोइराला बारबार उदृत गर्नुहुन्थ्यो । 

जाग जाग अब जाग न जाग
उन्नति विषे अब लाग
घोर निद अब ता परित्याग
भो भयो अति सुत्यौ अब जाग ।

उहाँको कवितामा भएका दुईओटा शब्द जागरण र उन्नति मेरो दिमागमा बसिरहेका छन् । तर यी शब्दहरू नेपालमा धेरै वर्षदेखि कताकता हराएका छन् । विकास शब्दले च्यापेर ल्याएको छ । न जागरणको कुरा हुन्छ, न उन्नतिका कुरा । एकथरी प्रगतिको कुरा गर्दथे तर बहसको मुल मुद्दाचाहिँ विकास नै भयो, धेरै वर्षदेखि । आजको प्रस्तुति म डक्टर हर्क गुरुङको सम्झ्नालाई समर्पण गर्न चाहन्छु । किनभने नेपालमा क्षेत्रीय विकास अथवा स्थलविकासको कुरा गर्दा, उनीसँग सहमत/असहमत जे भए पनि, कुराको सरुुवातचाहिँ हर्क गरुुङबाटै गनर्पुर्ने हुन्छ ।

हर्क गुरुङलाई छुट्याएर नेपालमा विकासको बहस आरम्भ गर्न गाह्रो छ । चाहे त्यो क्षेत्रीय अवधारणाको कुरा होस् अथवा भित्री मधेसको । जङ्गल फडानी गरेर त्यहाँ मानिस बसाउने कुरा होस् अथवा आदर्श गाविस र नगरोन्मुख गाउँको अवधारणको कुरा होस् अथवा जनजाति जागरणलाई विकाससँग जोडने कुरा होस् । यी सबै मुद्दाहरूमा हर्क गुरुङको बौद्धिक देनलाई बेवास्ता गरेर बहस अगाडि बढाउन सकिँदैन । उन्नतिको अवधारणा कसरी आयो त्यसमा युरोपको लामो इतिहास छ । यसको सुरुआत पुनर्जागरणकालबाट भयो । 

चौधौँ, पन्ध्रौँ र सोह्रौ शताब्दीमा शास्त्रीय कुरालाई पुनर्जीवन दिनुपर्दछ भन्नेबाट पुनर्जागरणको सुरुआत भएको थियो । त्यसपछि सोह्रौ शताब्दीमा आइपुग्दा धर्मलाई रूपान्तरण गरेर जनमुखी बनाउने अवधारणा आयो । अनि सत्राँै र अठाराँै शताब्दीमा ज्ञानको कुरा आयो । यति बेला युरोपका धेरै चिन्तकहरूले समाजलाई अगाडि बढाउन भौतिक विकासले मात्र पुग्दैन साहित्य, कला र जीवनशैलीमा पनि सुधार ल्याउनुपर्दछ भन्ने अवधारणा अघि सारिसकेका थिए । त्यसपछि अठाराँै र उन्नाइसाँै शताब्दीमा भएको आद्यौगिक क्रान्तिले युरोपको शक्तिलाई स्थापित ग¥यो । बाफ इन्जिन, रेल्वे, पानीजहाज, ब्याङ्किङ सेवा र विमाको विकासले गर्दा संसारमा युरोपेली शक्तिहरूको वर्चस्व स्थापित भयो ।

यी चारओटा कुराको विकासका लागि कम्तीमा पनि पाँच सय वर्ष जति लाग्यो । यो पाँच सय वर्षको मानव सभ्यताको विकास हाम्रो साझा सम्पत्ति हो । संस्कृतमा विकासको अर्थ अलिक आध्यात्मिक प्रकारको हुँदो रहेछ । ज्योर्तिगमय भन्दो रहेछ । उज्यालोतिर लाग्ने प्रक्रियालाई विकास भनिन्छ । विकासको शब्द अध्यात्मपूर्ण र उन्नतिलाई समेट्ने किसिमको छ । डेभलपमेन्ट भन्ने अङग्रेजी शब्दको अर्थ अलिकति जटिलतातिर जाने भन्ने रहेछ । यहाँ विकास भन्नाले अङग्रेजीको डेभलपमेन्टको नेपाली रुपान्तरणका रूपमा लिएको छु । संस्कृतमा भएजस्तो हिसाबले होइन । 

विकासको अवधारणामा प्रश्न उठाउनु आजको छलफलको उद्देश्य हो । विकासको अवधारणा दास्रो  विश्वय्द्धपछि आयो । विकास शब्दको प्रयोग गर्ने अर्थशास्त्री आथर्र लेविस हुन् । उनले अर्थशास्त्रमा नोबल पुरस्कार पाएका थिए । उनले पश्चिमा मुलुकहरूको जुन प्रक्रियाबाट प्रगति भयो त्यो प्रक्रियालाई गरिब मुलुकहरूमा नक्कल गर्न सम्भव छैन भनेका थिए । उनको भनाइ के थियो भने, पश्चिमा मुलुकमा औद्योगीकरण सुरु भएपछि कृषिबाट विस्थापित मजदुरहरूलाई औद्योगीकरणले सजिलैसँग सोस्न सक्यो । 

उपनिवेशहरूमा औद्योगिक उत्पादनको ठूलो बजार भएकाले त्यो सम्भव भयो । ठूलो बजारका कारण कृषिबाट विस्थापित मजदुरहरूलाई उद्योगले लियो । त्यसले गर्दा सहरीकरण र औद्योगीकरणको प्रक्रियामार्फत आर्थिक विकास भयो । उनका अनुसार, भर्खरै स्वतन्त्र भएका मुलुकहरूमा यो प्रक्रिया सम्भव छैन । किनभने आधुनिकताले गर्दा जति मान्छे कृषिबाट विस्थापित हुन्छन्, तिनलाई उद्योगले काम दिन सक्दैन । त्यसैले भर्खरै स्वतन्त्र भएका देशको अर्थतन्त्र दुईओटा कुरामा आधारित हुनुपर्दछ— कृषि र उद्योग । कृषि र उद्योगलाई सँगसँगै विकास गनर्पदर्छ । 

यस लगत्तै सन् १९५० को दशकमा हेन्स सिगलको क्यापिटल सर्टफलको अवधारणा आयो । उनले पनि नोबल पुरस्कार पाएका थिए । उनले के भने भनेँ भर्खरै स्वतन्त्र भएका मुलुकका उद्योगहरूले कृषिबाट विस्थापित मजदुरहरूलाई काम दिन सक्दैनन् मात्रै होइन कि उनीहरूसँग उद्योग खोल्ने पुँजी समेत हुँदैन । उनले ल्याएको पुँजीको अभाव (क्यापिटल सर्टफल) को अवधारणा अनुसार यी देशहरूमा उद्योग खोल्न पुँजी पुग्दैन । त्यसैले पुँजीको प्रवाह हुनुपर्दछ । त्यसका लागि सहुलियत दरमा लगानी गर्नुपर्छ । विश्व ब्याङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष, अफ्रिकन डेभलपमेन्ट ब्याङ्क, एसियन डेभलपमेन्ट ब्याङ्कजस्ता विभिन्न ब्याङ्कहरूको अवधारणा हेन्स सिगलको यो विचारबाट पे्ररित छ । 

त्यसपछि गुनार म्र्याडलले ‘एसियन ड्रामा’ नामक पुस्तक लेखे । यसमा उनले के भनेका छन् भने जतिसुकै गरे पनि, जेसुकै गरे पनि, औद्योगीकरण गरे पनि, सहुलियत दरको लगानी भित्र्याए पनि सरकार प्रभावकारी नभएसम्म तेस्रो विश्वका मुलुकहरूमा विकास हुँदैन । सरकारको प्रभावकारिता महत्वपूर्ण कुरा हो । प्रजातन्त्र, लोकतन्त्र अथवा जुनसुकै तन्त्र भए पनि त्यस्तो सरकार उत्तम सरकार हो जसले उत्तम तरिकाले काम गर्छ । सरकारको क्षमता बढाउनेतिर सहयोगी राष्ट्रहरूको ध्यान जानुपर्दछ भन्ने उनको विचार थियो । यस विचारको ठ्याक्कै उल्टो विचार मिल्टन फ्रिडम्यानले ल्याए । उनले निजी क्षेत्रलाई लगानीको अवसर नदिएसम्म विकास हुँदैन भन्ने तर्क गरे । 

उनका अनुसार विकासको सबभन्दा उत्तम माध्यम यही हो । त्यसपछि रबर्ट म्याकनमाराको अर्को अवधारणा आयो । उनले के भने भने पुँजी पनि समस्या होइन, सरकार पनि समस्या होइन न त निजी क्षेत्र नै समस्या हो । मूल समस्या भनेको प्रविधिको हो । गरिब मुलुकहरूमा उन्नत बीउबिजन, कृषि औजार अथवा गाडी आदिजस्ता उन्नत प्रविधिको अभाव छ । त्यसैले उनले प्रविधि हस्तान्तरण अर्थात् मानव साधन विकासमा जोड दिनुपर्छ भने । 

सत्तरीको दशकको अन्त्य र असीको दशकको सुरुतिर पाकिस्तानी विद्वान् मकबुल हकले विकासलाई मानवीय विकाससँग जोड्नुपर्छ भने । यसै प्रसङ्गमा राष्टसङ्घीय विकास कार्यक्रम (यु.एन.डी.पी.) ले मानव विकासको कुरा गर्नासाथ अन्तर्राष्ट्रिय मुद्राकोष र विश्व ब्याङ्कले स्वतन्त्र व्यापार, पुँजी प्रवाह, उदारीकरण, निजीकरण र विश्वव्यापीकरणमा जोड दिनुपर्छ भने । उनीहरूले अर्थिक वृद्धिमा जोड दिए । उनीहरूका अनुसार, यु.एन.डी.पी.ले भनेजस्तो मानव विकासले मात्र पुग्दैन । त्यसपछि विश्व ब्याङ्ककै विलियम स्टर्लीले विकास गर्नलाई गैरसरकारी संस्थालाई महत्व दिनुपर्छ भने । यसलाई बाङ्लादेशको ग्रामीण विकास ब्याङ्कको मोडल भन्न थालियो । 

त्यसपछि अमत्र्य सेन आए । उनले विकास भनेको लोकतन्त्रसँग जोडिएको कुरा हो भने । उनले भारतको उदाहरण दिएर के भने भने आर्थिक विकास भएर मात्र पुग्दैन । सबभन्दा गरिब भारतीय र सबभन्दा धनी भारतीयको वार्षिक आम्दानीमा ९० लाख गुणाको फरक छ । जुन समाजमा यत्रो अन्तर हुन्छ त्यसलाई विकास भएको समाज मान्न सकिँदैन । भारतको जस्तो प्रजातन्त्र प्रयाप्त छैन । यसलाई अझ गहिरो बनाउनुपर्छ । यसका लागि लोकतान्त्रिक रूपान्तरण गर्नुपर्छ । यसको लगत्तै फेरि नोबेल पुरस्कार पाउने अर्का अर्थशाास्त्री जोसेफ इ. स्टिग्लिटजले विकास भनेको रोजगारीको अवसर सिर्जना गर्नु हो भने । 

उनका अनुसार, जबसम्म रोजगार उपलब्ध हँुदैन तबसम्म मान्छेले खान पाउँदैन, मान्छे शान्तिसगँ बस्न पाउँदैन । आजकाल संयुक्त राष्ट्रसङ्घ बलियो भएको ठाउँमा सहस्राब्दी विकास लक्ष्यको कुरा छ । यसअन्तर्गत स्वास्थ्य र शिक्षाजस्ता सेवामा सबैको पहुँचको कुरा छ । हालसालै आएर फेरि गुन र म्यार्डलको अवधारणाको पुनसर्रंचना गरिएको छ जसले राज्यलाई बलियो बनाउनुपर्छ, अरू कुराहरू त्यस्तै हो भन्छ । सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमण पश्चात् राज्य बलियो हुनुपर्दो रहेछ भन्ने विचार दह्रो भएको छ । आगो लागेका बेला त्यहाँ फायर ब्रिगेडकै कर्मचारी, सरकारवैm कर्मचारी जाँदा रहेछन् । आपत्विपत् परेका बेला सरकारवैm पुलिस जाँदो रहेछ, सरकारकै सेना जाँदो रहेछ भन्ने प्रमाणित भयो । 

निजी क्षेत्रका कुरा जतिसुकै गरे पनि राष्ट्र निर्माणका बेलामा बलियो सरकार चाहिँदो रहेछ भनेर अहिले विश्व ब्याङ्कले भनिरहेको छ । गरिबी घटाउने र समावेशीकरणजस्ता सबै कुरा छाडेर अहिले विश्व ब्याङ्कले सरकारलाई बलियो बनाउनुपर्छ भन्ने अवधारणा बढाएको छ । बितेका ५० वर्षमा विकासको परिभाषा बदलिएको छ । विभिन्न अर्थशास्त्रीहरूले नोबल पुरस्कार पाउँदै गए । संसारको धेरै लगानी भयो । 

नेपालमा आएको सबभन्दा पहिलो अवधारणा उन्नति हो । दोस्रो विश्वयुद्धपछि जुद्धशमशेरलाई केही पश्चिमा मुलुकमा पढेका विद्वान्हरूले औद्योगीकरण गर्न सुझाव दिए । उद्योग खोल्यो भने जङ्गल फडानीबाट अथवा गोर्खालीहरूलाई बेलायतमा बेचेर कमाएको भन्दा बढी पैसा कमाउन सकिन्छ भनेर उनीहरूले सुझाव दिए । त्यसका आधारमा उनले विराटनगरदेखि धनगढीसम्म जुट कारखाना, चामल मिल, दाल मिल, तेल मिल, काठ मिल स्थापना गर्न लगाए । तर उद्योग राम्ररी चल्न सकेन । किनभने तिनमा नाउँ अरू उद्यमीको रहे पनि निष्क्रिय साझेदारका रूपमा राणाहरूको नियन्त्रण थियो । 

२००७ सालको परिवर्तनमा उनीहरूले उद्योगमा भएको आफ्नो सम्पत्ति सुरक्षित नहुने ठाने । त्यसपछि पुँजी देश बाहिर गयो र औद्योगीकरण रोकियो । २००७ सालपछि रुसको आर्थिक प्रगतिबाट प्रभावित चाहे नेपाली काँग्रेसका नेता हुन् अथवा अरु कुनै दलका नेताहरु हुन् उनीहरू सबैले भारतमा नेहरूले लागू गरेको अवधारणालाई आदर्श ठाने । त्यसैमा आधारित भएर कोशी ड्याम र गण्डक ड्यामको कुरा आयो, जनकपुर चुरोट कारखाना, वीरगन्ज चिनी कारखाना, कत्था मिल आदि खुले । विदेशी राष्ट्रहरूको सहयोग जुटाउँदै ठूलाठूला आयोजना लागू गरियो । 

सत्तरीको दशकमा हार्बर्ड, इटन र टोकियो विश्वविद्यालयबाट पढेर आएका राजा वीरेन्द्रका सल्लाहाकारहरुले नेपालको जैविक विविधताको उपयोग गर्दै व्यावसायिक कृषि अपनाउन सल्लाह दिए— उच्च पहाडी भेकमा पशुपालन, मध्य पहाडमा फलपूmल खेती र तराईमा अन्न खेती । त्यसमा उनले जापानीहरूको सहयोग पनि पाए । त्यसपछि अरू सहरहरूको विकास गर्नु पर्दछ, गाउँको विकास गररे पुग्दैन भनरे जर्मनहरुले सहयोग गरे । क्षेत्रीय र एकीकृत विकास गर्नुपर्दछ भनेर अमेरिकीहरूले सहयोग गरे । एकीकृत क्षेत्रीय विकास कार्यक्रम पनि सुरु भयो । यी कुनै कुरा काम नलागेपछि वीरेन्द्रले आफ्नो आकाङ्क्षालाई एसियाली मापदण्डमा झारे । त्यसपछि आधारभूत आवश्यकता परिपूर्तिमा झारे । तर यी सबै कुरा विदेशी सहायतामा आधारित थिए । 


(सिके लालले सोसल साइन्स बाहामा दिएको मन्तव्यबाट)
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ