मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरीबाट ७० केजी गाजा बरामद

शनिबार, ०५ साउन २०७५, ११ : ४३
शनिबार, ०५ साउन २०७५

पर्सा–सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बेलुवाबाट खटिएको टोलीले गाजा बरामद गरेको छ  ।

सशस्त्र प्रहरी निरिक्षक मनोज खड्काको कमाण्डमा रहेको टोलीले नियमित चेकजाँचको क्रममा शुक्रबार राति ११ बजे ७० केजी गाजा बरामद गरेको हो । 

वीरगंज महानगरपालिका वार्ड न ३१ जितपुर ठोरी जनतारोडबाट गाजा नियन्त्रणमा लिएर आबश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सा बुझाएको प्रहरी निरिक्षक खड्काले बताए । 

गाजासहित ओसारपसारमा संलग्न पर्सा जिल्ला पर्सगढ़ी नगरपालिका ३ बस्ने सवारी चालक गोबिन्द कुमार चौधरी र पर्सगढ़ी– ९ बस्ने दिनेश कुमार दास थारु पक्राउ परेका छन् । 

गाजा बोक्न प्रयोग भएको सवारी साधन ना १ ज २४९३ नम्बरको काठमाडौं– पर्सगढ़ी चल्ने टाटा सुमो र उनीहरुको साथमा रहेको दुई थान मोबाईल समेत पर्सा प्रहरीलाइ बुझिएको सशस्त्र प्रहरी निरिक्षक खड्काले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप