शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कसैसँग नाम जोडिएको मन पर्दैन : श्रृष्टि (भिडियो–वार्ता)

शनिबार, ०५ साउन २०७५, ११ : ५६
शनिबार, ०५ साउन २०७५

काठमाडौं – अभिनेत्री तथा पूर्व मिस नेपाल श्रृष्टि श्रेष्ठ चित्रकारको रुपमा पर्दामा देखिँदै छन् । ११ साउनबाट प्रदर्शनमा आउने चलचित्र ‘रोमियो एण्ड मुना’ उनी चित्रकारको रुपमा देखिने भएकी हुन् । 
‘रोमियो एन्ड मुना’मा एउटा चित्रकार महिलाको भूमिका आफूले निर्बाह गरेको उनले बताइन् ।
‘गाजलु’ चलचित्रबाट अभिनयमा होमिएकी श्रृष्टिको मुख्य भुमिका रहेको यो दोस्रो चलचित्र हो । यस अगाडि उनले एक चलचित्रमा सानो भूमिका पनि निर्बाह गरेकी थिइन् । 
‘रोमियो एन्ड मुना’ प्रदर्शनपछि आफ्नो चलचित्र करियरमा धेरै परिवर्तन आउने श्रृष्टिले बताइन् । ‘रोमियो एण्ड मुना’मा मेरो गाउँले मुनाको भूमिका रहेको छ’ श्रृष्टिले भनिन् ‘चलचित्रले आफूलाई वास्तविक रुपमै चित्रकार बनाएको छ ।’
केहि पहिले राजधानीमा आयोजित एकपत्रकार भेटघाटको क्रममा श्रृष्टिले चलचित्रमा आफुले डिप्रेस महिलाको भूमिका निर्वाह गरेको बताएकी थिइन् । रातोपाटीसँगको लाइभ कुराकानीमा भने उनले सो कुरा लुकाउने प्रयास गरिन् । भनिन् ‘यो कुरा चलचित्र हेरेपछि मात्र थाहा हुन्छ ।’
अघिल्लो चलचित्र गाजलुमा अनमोल केसीको नायिका बनेकी श्रृष्टिले रोमियो एन्ड मुना रिलिज भएपछि दर्शकले आफूलाई बिनयको नायिका भनेर सम्बोधन गर्ने बताइन् । भनिन्, ‘तर मलाई कसैसँग नाम जोडिएको मन पर्दैन ।’ 
लाइभ कुराकानीमा श्रृष्टिका साथ बिनय श्रेष्ठको पनि सहभागीता रहेको थियो । बिनयले चलचित्र ‘रोमियो एण्ड मुना’मा रोमियो भुमिका निर्बाह गरेका छन् । ‘रोमियो एण्ड मुना’ हरेक मायालुको आफ्नो प्रिय चलचित्र हुने बिनयले बताए ।।
‘मेरो लागि यो चलचित्रले बिशेष माइन राख्छ’ बिनयले भने ‘रोमियो एण्ड मुना‘ जस्तो चलचित्र अहिलेसम्म बनेकै छैन । उनले चलचित्रमा धेरै एनिमेटेड दृश्यहरु रहेको खुलाए । उनले भने ‘एनिमेसनबाट एक राक्षस तयार गरेका छौ । जुन नेपाली चलचित्रको लागि नौलो हो ।’
श्रुष्टि र बिनयले एकसाथ काम गरेको यो नै पहिलो चलचित्र हो । बिनय धेरै चलचित्रमा राम्रो भुमिकमा देखिसकेका ब्यक्ति हुन् । यस हिसावले पनि बिनयसँग कामगर्दा केही अब्ठ्यारो त भएन ? प्रश्न राख्न नपाउदै श्रृष्टिले भनिन् ‘बिनयसँग काम गर्दा डर त थिएन । किनभने उसको अप्रोज नै राम्रो हुन्छ । उसले सबैसँग गर्ने ब्यवहार पनि राम्रो छ ।’

अभिनेता बिनय र श्रृष्टिसँग गरिएको भिडियो कुराकानी –


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप