शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

के रुसबाट हाइपरसोनिक मिसाइलका गोप्य सूचना लिक भए ?

शनिबार, ०५ साउन २०७५, १२ : ४२
शनिबार, ०५ साउन २०७५

एजेन्सी–रुसको गुप्तचर निकाय फेडरल सेक्युरेटी सर्विस एफएसबी ले देशको हाइपरसोनिक मिसाइलसँग जोडिएका केही गोप्य जानकारी पश्चिमी देशका जासुसलाई दिएको आंशकामा स्पेस रिसर्च सेन्टरमा छापा मारेको छ ।

रुसको यो सरकारी स्पेस एजेन्सीको नाम रोस्कोस्मोस हो । 

एजेन्सीको भनाई छ कि उसका अधिकारीमाथि भएको जाँचमा एफएसबीका अधिकारीहरुलाई सहयोग भैरहेको छ । 

रुसी दैनिक पत्रिका कोमरसेन्टका छापिएको खवर अनुसार एफएसबीलाई स्पेस एजेन्सीका करिव १० कर्मचारीमाथि शंका छ ।

यसैको मध्यनजर एजेन्सीका एक निर्देशकको कार्यलयमा छानविन गरिएको छ । 

एफएसबीले मस्कोमा रहेको यूनाइटेड रकेट एण्ड स्पेस कोअपरेशनको कार्यलयमा पनि छापा मारेको छ । 

कोमरसैन्टमा छापिएको रिपोर्टका अनुसार गोप्य जानकारी लिक गरेको आरोपमा संदिग्धमाथि राजद्रोहको मुद्दा चल्न सक्छ ।

हाइपरसोनिक मिसाइल आवाजको गतिभन्दा पाँच गुणा बढी गतिसँग उड्न सक्छ । यो गतिलाई माक फाइभ भनिन्छ ।

विहिवार रुसी रक्षा मन्त्रालयले दुई नयाँ हाइपरसोनिक मिसाइल सिष्टमको भीडियो जारी गरेको थियो, जसको नाम ‘किन्जल’ र ‘आवनगार्ड’ हो ।

यी दुवै परमाणु हतियार लिएर जान सक्षम छन् । 

एफएसबीका जाँचकर्ता सूत्रले अखवारको बताएका छन कि, ‘यति त तय छ कि यति जानकारी स्पेस सेन्टरका कर्मचारीले लिक गराएका हुन् ।’

अखवारले यो मामला यत्तिकै सेलाउने वाला छैन र केही मानिसहरुसँग सोधपुछ गरिनेछ । 

यद्यपी रुसमा छापिने अखवार नोवाया गैजेटासँग जोडिएका सैन्य विशेषज्ञ पावल फेल्गेनारले आफुलाई सरकारले जारी गरेको भीडियोमा शंका रहेको बताएका छन् । 

उनले यसलाई प्रोपगान्डा बताए र यी हाइपरसोनिक मिसाइलले काम गर्ने छैनन् । 

यसै बर्ष मार्चमा रसी राष्ट्रपति भ्लादिमीर पुटिनले किन्जलसमेत अर्को मिसाइलको बारेमा जानकारी दिएका थिए । 

उनको भनाई थियो कि किन्जल माक टेनको गति १२ हजार किलोमिटर प्रतिघण्टा हुनेछ र दुई हजार किलोमिटरसम्म मार हान्न सक्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप