शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एयरफोन प्रयोग गर्ने राम्रो तरिका यो हो

शनिबार, ०५ साउन २०७५, १३ : ३०
शनिबार, ०५ साउन २०७५

-एयरफोन प्रयोग गर्दा ६०-६० को नियम लागू गर्नुपर्छ । यो भनेको बढीमा ६० मिनेटसम्म र बढीमा ६० प्रतिशत भोलुममा एयरफोनको प्रयोग गर्ने ।

-लामो समयसम्म सुन्दा भने कम भोलुमले पनि असर पु(याउँछ ।

-राम्रोसँग सुन्नका लागि कानका संवेदनशील कोषिकालाई श्रवणसम्बन्धी थकाइलाई रिकभर गर्नुपर्ने हुन्छ । त्यसैले एयरफोनमा सुन्दा ब्रेक लिन आवश्यक हुन्छ ।

-टाउकोमाथि राखिने हेडफोनको प्रयोग गर्नुपर्छ । किनकि, यसबाट आउने आवाज कानको जालीभन्दा टाढा हुन्छ । जसले गर्दा कानमा आवाजको कम मात्र दबाब पर्छ ।

-कहिल्यै पनि एयरफोनलाई साझा रूपमा प्रयोग गर्नुहुँदैन । किनकि, साझा प्रयोग गर्दा इन्फेक्सन सर्ने डर हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप