शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बानेश्वर झडपपछि तरुण दलको प्रतिक्रियाः मुलुकभर आन्दोलन चर्काउने

शनिबार, ०५ साउन २०७५, १८ : १०
शनिबार, ०५ साउन २०७५

काठमाडौं । तरुण दलले प्रहरी हस्तक्षेपको विरोधमा मुलुकभर आन्दोलन चर्काउने चेतावनी दिएको छ ।

शनिबार राजधानीमा भएको शान्तिपूर्ण प्रर्दशनमा प्रहरीले हस्तक्षेप गरि कुटपीटमा उत्रिएको भन्दै तरुण दलले त्यसको विरोधमा आईतबार ७७ वटै जिल्लाका प्रशासन कार्यालय घेराउ गर्ने भएको हो । 

नयाँ बानेश्वर झडपमा घाईते भएकालाई भेट्न सिभिल अस्पताल पुगेका तरुण दलका उपमहासचिव दिनेश विक्रम शाहले प्रहरी दमनको विरुद्ध आन्दोलन चर्काउने बताएका हुन् । 

दुई तिहाईको दम्भमा सरकारले शान्तिपूर्ण प्रर्दशनमा प्रहरी लगाएर दमन गरेको भन्दै उनले त्यस विरुद्ध चरणबद्ध आन्दोलन गर्ने बताए । 

 नेविसंघका केन्द्रीय उपाध्यक्ष पुष्पकुमार शाहीले अस्पतालमा उपचाररत घाईतेहरुले जनताको आवाज दवाउन ओली सरकार प्रयत्नरत रहेको भन्दै त्यसको सशक्त प्रतिकार गर्ने बताए ।

घाईते तरुण दल कामाडौं निर्वाचन क्षेत्र नम्बर ९ का अध्यक्ष अमिर खड्काका अनुसार, अध्यक्ष जीतजंग बस्नेतसहति १ सय ५० बढी घाईतेले सिभिल अस्पतालमा उपचार गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप