बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ठमेलमा एउटै छानामुनि होटल, स्पा र लाउन्ज एन्ड बारको सुविधा

शनिबार, ०५ साउन २०७५, १८ : ५१
शनिबार, ०५ साउन २०७५

काठमाडौं । पर्यटकीय नगरी ठमेलको मुटु कर्मचारी सञ्चयकोष चोकमा एउटै भवनमा गुणस्तरीय होटल, स्पा र लाउन्ज एन्ड बारको सेवा उपयोग गर्न पाइने भएपछि स्वदेशी एवं विदेशीहरुलाई सहज भएको छ । 

गत वर्षको डिसेम्बर २५ देखि सञ्चालनमा ल्याइएको नेपालकै सबैभन्दा ठूलो स्पा, पार्लरसहितको होटल तथा लाउन्ज पछिल्लो समय सबैको रोजाइमा पर्न थालेको छ । 

यसका अलवा ठमेलमा पनि उपयूक्त पार्किङ र विश्रामस्थल समेत रहेको सञ्चालक ध्रुब अधिकारीले जानकारी दिए । स्पासहित भवनको तेस्रो र चौथो तल्लामा पर्यटकीय स्तरको रेट्रो होटल रहेको छ । त्यहाँ पर्यटकलाई गुणस्तरीय एवं आरामदायी सेवा प्रवाह गरिने बताइएको छ । 

पाँचौ तल्लामा भिआईपी लाउन्ज एन्ड बार रहेको छ । जहाँ नेपाली तथा विदेशी पर्यटकले नेपाली खानाको स्वाद लिइ सांगीतिक मनोरञ्जन लिन सक्ने छन् । प्रत्येक दिन रातको १ बजे लाईभ म्यूजिकको पनि व्यवस्था मिलाइएको र त्यसपछि बिहानसम्म डिस्को थेक सञ्चालन गरिएको सञ्चालक अधिकारीले जानकारी दिए । 

एउटै छानामुनी सबै प्रकारका सेवाहरु प्रदान गरिएकाले नेपाल घुम्न आएका पर्यटकहरुलाई भरपुर मनोरञ्जन दिलाउने विश्वास लिइएको छ । यसका साथै यी सेवाका लागि पर्यटकहरुलाई विभिन्न स्थानमा जानुपर्ने झन्झटिलो अवस्थाको समेत अन्त भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप