शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जेलकै खाना विषाक्त परेपछि ७८ जना सिकिस्त

शनिबार, ०५ साउन २०७५, २० : ०४
शनिबार, ०५ साउन २०७५

नयाँ दिल्ली । भारतको आर्थिक राजधानी मानिने मुम्बइको एउटा जेलमा रहेका करिब ७८ जना महिला विषाक्त खानेकुराका कारण सिकिस्त बिरामी भएका छन् । 

सो खाना खाएपछि उनीहरुको स्वास्थ्य अवस्था नाजुक भएको र अस्पताल भर्ना गरिएको उक्त जेलका अधिकारीले जनाएका छन् । 

अस्पताल स्रोतले शुक्रबार दिएको जानकारीअनुसार मुम्बइको बाइकुल्ला जेलमा रहेका ती महिलाहरुलाई दिइएको खाना विषाक्त पाइएको थियो । खाना खाएपपछि पेट दुख्ने, बान्ता हुने, पखाला लाग्ने जस्ता समस्या देखा परेको र उनीहरुलाई अस्पताल राखिएको स्रोतले जनाएको छ । सो अस्पतालका अधिकारीले ती महिलाको सिकिस्त अवस्थामा उपचार भइरहेको बताएका छन् । 

सो समस्याको कारण ७८ जना महिला अस्पताल भर्ना भएका सो स्रोतले जानकारी दिएको छ । यस घटनाको विस्तृत रुपमा अनुसन्धान गर्न जेलका अधिकारीले निर्देशन दिएका छन् । उनीहरु बिरामी परेपछि सँगै रहेको पुरुषहरु राख्ने बन्दीगृहका बन्दीहरुले त्यसका विरुद्धमा आन्दोलन गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप