शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राज्य अझै समावेशी हुन सकेको छैनः उपप्रधानमन्त्री यादव

शनिबार, ०५ साउन २०७५, २० : १५
शनिबार, ०५ साउन २०७५

काठमाडौँ । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राज्य अहिले पनि समावेशी हुन नसकेको बताएका छन् । 

संघीय समाजवादी फोरम नेपालले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा सो पार्टीका अध्यक्षसमेत रहेका मन्त्री यादवले जबसम्म विभिन्न जाति, धर्म, लिंग, भाषाका आधारमा गरिने विभेद कायम रहेसम्म राजनीतिक समस्या यथावत रहने बताए । 

उनले भने, ‘लोकतन्त्रलाई पूर्ण समावेशी बनाउने कार्य संविधान सशोधनबाट मात्र हुन्छ, सविधान सशोधनको सहमति भएको छ, त्यसपछि धेरै समस्याको समाधान हुनेछ ।’ 

उनले संघीय प्रणालीलाई व्यावहारिक बनाउनेपर्ने भन्दै संघीयता र पहिचानलाई अलग गरिँदा विवाद कायम रहने उल्लेख गरे । ‘संघीयतामा पहिचान जोडिनुपर्छ’ उनले भने । 

वैकल्पिक व्यवस्था गरेर, सांस्कृतिक धरोहर बचाएर मात्र सुन्दर शहर निर्माण हुने उल्लेख गर्दै उपप्रधानमन्त्री यादवले काठमाडौँ सडक चौडा बनाउँदा मुआब्जा नदिई विस्तार गर्नु संविधान विपरीत भएको पनि बताए । 

सो अवसरमा अध्यक्ष यादवले विभिन्न पार्टी परित्याग गरी सो पार्टीमा प्रवेश गरेका व्यक्तिहरूलाई स्वागत गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप