शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

फ्रान्समा गहना चोर्ने गिरोह १५ वर्षपछि सर्बियामा पक्राउ, १६ वर्षमा ४२ अर्ब लुटे

आइतबार, ०६ साउन २०७५, ०९ : २५
आइतबार, ०६ साउन २०७५

१५ वर्ष अघि फ्रान्सको एक गहना पसलमा चोरी गर्ने गिरोहका चार सदस्यलाई सर्बियाबाट पक्राउ गरिएको छ ।

इन्टरपोलका अनुसार यो गिरोहले सन् १९९९ देखि २०१५ को बीचमा तीन सय ८० वटा चोरी गरे । उनीहरुले हाइप्रोफाइल गहना पसलमा चारी गरेर १६ वर्षभित्र ३० करोड ९१ लाख डलर (४२ अर्ब रुपैयाँ) को चोरी गरे ।

स्रोतका अनुसार घटना सन् २००३ सेप्टेम्बर बिहानको हो । गिरोहका सदस्यले फ्रान्सको बेलफोर्ट इलाकाको एक गहना पसलमा छिरे । एकजनाले बन्दुक देखाए र अर्कोको एक मिनेटभित्रै पसलभित्रको सिसाको शो केस फुटाएर तीन लाख ५० हजार युरोको गहना र घडी लुटे ।

रगतको धब्बाले खुल्यो पोलः

१५ वर्षसम्म न त चोर समातियो न नै उनीहरुको पहिचान हुन सक्यो । फारेन्सिक टीमले सीसाको क्याबिनेटमा रगत भेटे । डीएनए परिक्षणपछि यो रगत दुई सर्बियाली नागरिक जिका र बोकाको भन्ने पत्ता लाग्यो । उनीहरुलाई फ्रान्समा कसैले चिन्दैनथे तर उनीहरु सर्बियामा भने वास्टेड थिए ।

पछि फोन रेकर्डबारे जानकारी पाएपछि सासा र लूका नामका अन्य दुई आरोपी बारे पत्ता लाग्यो । सर्बियाका सरकारी वकिल जुबिसा द्रागसेविचले भने, ‘धेरैजसो अपराधी निस, काकाक र यूजाइस इलाकाका हुन् । यो इलाका कुनै बेला रोजगारीको हिसाबले निकै राम्रो थियो तर अहिले त्यहाँको स्थिती नाजुक छ । त्यसकारण त्यहाँका मानिसहरु अपराधतर्फ धकेलिएका छन् । ’

उनीहरुलाई १५ वर्षको जेल सजायँ हुनसक्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप