शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संजय दत्तको अर्को बायोपिक बन्ने खबर आएपछि बहिनी नम्रताले भनिन्, ‘हामीलाई किन दुःख दिन चाहन्छौ ?’

आइतबार, ०६ साउन २०७५, ०९ : ५०
आइतबार, ०६ साउन २०७५

बलिउड निर्देशक राजकुमार हिरानीले रणबीर कपूरलाई लिएर ‘सञ्जु’ बनाए । फिल्म सुपरहिट रह्यो । फिल्मले अहिलेसम्म तीन सय २५ करोड भारुको कलेक्सन गरेको बताएको छ तर फिल्मको आलोचना पनि भइरहेको छ ।

मानिसहरुले हिरानीमाथि फिल्ममार्फत संजयको छवी चम्काएको आरोप पनि लगाए । संजयसँग दुईवटा फिल्ममा काम गरिसकेको निर्देशक राम गोपाल वर्माले फिल्मको तारिफ त गरेका छन् तर यसमा सन् १९९३ मा भएको मुम्बई बम हमलामा संजयको भूमिकाबारे त्यति जानकारी नदिएको भन्दै आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् ।

त्यसकारण रामगोपाल वर्माले संजय दत्तको जीवनमा आफै अर्को फिल्म बनाउने निर्णय गरेका छन् । जसको नाम हुनेछ – ‘सञ्जुः द रियल स्टोरी’ । यसको प्रमुख विषय मुम्बई बम हमलामा केन्द्रीत हुने बताइएको छ । यो खबर सुनेर संजय दत्तकी बहिनी नम्रता दत्तले आफ्नो प्रतिक्रिया दिएकी छिन् ।

बहिनीले भनिन्, ‘संजयसँग अनुमती लिनु पर्दैन ?’:

मिड डे सँगको कुराकानीमा न्रमताले राम गोपाल वर्माले संजय दत्तसँग अनुमती लिनुपर्ने धारणा राखेकी छिन् । उनले भनिन्, ‘के वर्माले यसका लागि संजय दत्तसँग अनुमती लिनुपर्दैन ? यदि संजयलाई यसको कुनै आपत्ति छैन भने हामी केहि पनि भन्दैनौं । राम गोपाल वर्माको कहानी निकै डार्क हुन्छ । यस्तोमा उनी संजयको जीवनमा नै किन फिल्म बनाउन चाहन्छन् ? उनले हामीलाई दोस्रोपटक किन त्यही पीडा दिन चाहन्छन् ? ’

यसका साथै नम्रताले सञ्जु फिल्मबारे पनि कुराकानी गरेकी छिन् । उनले भनिन्, ‘हामीले उनको जीवनको राम्रो–नराम्रो दुबै पक्ष देखेका छौं । जब उनी लागुऔषध दुर्व्यवसनी बनेका थिए तब कम्तीमा हामी उनलाई सुधार केन्द्र त पठाउन सक्थ्यौं तर जेल जाने मामलामा हामी लाचार थियौं । हामी उनलाई समस्यामा देख्नुबाहेक अरु केही पनि गर्न सक्ने अवस्थामा थिएनौं ।’

यो पनिः

राजकुमार हिरानी एक खतरनाक मानिस हुन्

‘सञ्जु’ रिभ्यु' : एक प्रभावशाली निर्देशकले आफ्नो अभिनेता साथीलाई दिएको एक महँगो उपहार !

संजय दत्तको ३०८ गर्लफ्रेण्ड : ‘संजु’को टिजरमा यस्तो देखिए रणवीर

संजुको ट्रेलरको आलोचना किन ?

‘संजु’ मा आमिरलाई अफर गरिएको थियो यो रोल, यसकारण गरे अस्विकार

‘संजु’ को ट्रेलरमा कपडा बिना देखिए रणबीरः भने, ‘म पहिलो फिल्ममा नै नग्न भएको थिएँ’

रिलिज अघि विवादमा तानियो ‘संजु’, मुद्दा दर्ता

सलमानले गरे ‘संजु’ माथि कमेन्ट, रणबीर कपुरले दिए यस्तो जवाफ

आलियाले गरिन् संजु फिल्ममा रणबीरको अभिनयको तारिफ, बुवा ऋषि कपुरले सोधे – ‘विवाह कहिले गर्दै छौ ?’

‘सञ्जु’ मा मनिषाको भूमिकाबारे संजय दत्तकी बहिनीले यसो भनिन्

यी हुन् संजय दत्तका रियल बेस्ट फ्रेन्डः ‘सञ्जु’ मा विक्की कोशलले निभाए उनको भूमिका

रिलिज भएकै दिन ‘सञ्जु’ इन्टरनेटमा लिक

मल्टिप्लेक्समा लाग्यो ‘सञ्जु’

चौधरी ग्रुप वितरणमा छिरेपछि मल्टिप्लेक्स हलमा सञ्जुमाथि अवरोध

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप