शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तारा एअरले भित्र्यायो नयाँ विमान

आइतबार, ०६ साउन २०७५, ११ : २०
आइतबार, ०६ साउन २०७५

काठमाडौं-तारा एअरले शनिबार नयाँ ट्विन अटर वायुयान भित्र्याएको छ।सो विमान सेसेयल्स, माल्दिभ्स, भारत हुँदै काठमाडौं अवतरण गरेको एयरलाइन्सले जनाएको छ । 

विमानको चालकदलमा वरिष्ठ क्याप्टेन प्रभाकर प्रसाद घिमिरे, वरिष्ठ क्याप्टेन पवन सिंह नगरकोटी तथा प्राविधिक सहयोगार्थ ईन्जिनियर जगत लामा रहेका थिए। 

एसरलाइन्सकाे चालकदलका साथमा नेपाल नागरिक उड्डयन प्राधिकरणका तर्फबाट एअरवर्दिनेस् ईनिस्पेक्टर ईन्जिनियर विधान श्रेष्ठ पनि रहेका थिए।

सो नयाँ विमान भाईकिङ्ग ४०० श्रृङ्खलाको हो। भाईकिङ्ग ४०० श्रृङ्खलाका ट्विन अटर वायुयानहरु सजिलै नेपालका चुनौतीपूर्ण विमानस्थलहरु जस्तै लुक्ला, डोल्पा, तथा रारा मा उडान भर्न सक्षम रहेको एयरलाइन्सले जनाएको छ ।
विमानलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले ९एन-एएलआ दर्ता नम्बर प्रदान गरेको पनि बनाइएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप