बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्ममा हस्तमैथुनको दृश्य दिने अर्की नायिकाले यसबारे यसो भनिन्

आइतबार, ०६ साउन २०७५, १२ : १६
आइतबार, ०६ साउन २०७५

फिल्म वीरे दी वेडिङको हस्तमैथुनको दृश्यमा नायिका स्वरा भास्करले निकै आलोचनाको सामना गर्नुपरेको थियो । यस्तै एक फिल्ममा नायिका कियारा आडवाणीको हस्तमैथुनको दृश्यमाथि थुप्रैले आपत्ति जनाए । उनी नायिकाले भने आफूले दिएको यस्तो दृश्यलाई बचाउ गरेकी छिन् ।  

फिल्म लस्ट स्टोरिजमा हस्तमैथुनको दृश्यमाथि थुप्रैले नकारात्मक टिप्पणी गरेका हुन् । उक्त दृश्यको सुटिङका बेला उनी कति सहज थिइन् भन्ने प्रश्न सोध्दा उनले यस्तो उत्तर दिएकी छिन् ।

उनी भन्छिन्, ‘मैले यस्तो दृश्य दिएँ किनभने मलाई यस्तो गर्न कुनै संकोच छैन । मैले कहिले पनि यसको नतिजा के होला भनेर सोचिनँ । अब यसलाई स्विकार गरिँदै छ, यो नै खुसीको कुरा हो ।’

यसबारे छलफल सुरु भएकोमा आफू खुसी भएको उनले बताएकी छिन् । उनी भन्छिन्, ‘अरु धेरै नायिकाले पनि यस्तो गरिसकेका छन् । मलाई यसमा खुसी छ कि यो मुद्दामाथि बहस सुरु भएको छ ।’

नकारात्मक टिप्पणीमा दिइन् यस्तो जवाफः

यसबारे पाइने नकारात्मक टिप्पणीबारे उनको भनाई छ, ‘जे सुकै भएपनि फिल्म समाजको ऐना हो । मानिसहरु यसबारे खुल्न र स्विकार गर्न समय लाग्नेछ ।’

फिल्म मनोरञ्जनका लागिः

कियारा भन्छिन्, ‘मानिसहरु अचानक सोच्ने तरिका परिवर्तन गर्न सक्दैनन् । फिल्म मनोरञ्जनका लागि हुन्छ र महिलासँग जोडिएको यो मुद्दा लुकेको थियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप