बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यसकारण विवादमा तानियो कानुनमन्त्री र व्यवसायी प्रसार्इंको अभिव्यक्ति (भिडियो), के बंगलादेशमा साँच्चै समस्या छ ?

आइतबार, ०६ साउन २०७५, १३ : १५
आइतबार, ०६ साउन २०७५

काठमाडौं–कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले बङ्गलादेशमा मेडिकल शिक्षा पढ्न गएका नेपाली चेलीहरू यौन शोषणमा पर्ने गरेको खुलासा गरेका छन् । 

शनिबार एक विद्यालयको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कानुनमन्त्री तामाङले नेपालमा पढ्न कोटा नहुँदा चेलीहरू बङ्गलादेशलगायतका देशमा जानुपरेको र त्यहाँ उनीहरूले सर्टिफिकेट पाउनका लागि शरीर सुम्पनु परेको अभिव्यक्ति दिएका छन् । 

एसईई उत्तीर्ण विद्यार्थीहरूलाई शुभकामना दिने कार्यक्रममा उनीहरूलाई नेपालमै पढ्न आग्रह गर्दै मेडिकल कलेजहरू अझै खुल्नुपर्ने पनि बताएका थिए । 

उनको अभिव्यक्तिको केही अंश यस्तो छ :

‘आज म कथा खोल्छु । बङ्गलादेशमा केही चेलीहरू, हाम्रा छोरीहरू डाक्टर पढ्न जानुहुन्छ भने डाक्टरको सर्टिफिकेट लिनका लागि मैले सुनेको छु, कहीँ न कहीँ उनीहरूले आफूलाई बेच्नुपर्छ । मैले सुनेको छु यस्तो मार्मिक छ कथा ।’
उनी अगाडि भन्छन्, ‘उनीहरूले यहाँ खोलिरहेका छन् कथाहरू । हामी हाम्रा छोरी चेलीहरूलाई पढ्नका लागि विदेशमा पठाउँछौँ तर उसले आफूलाई त्यहाँ नसुम्पी सर्टिफिकेट प्राप्त गरिरहेको स्थिति छैन । त्यसैले ती सबैले यही मुलुकमा पढ्न पाउनुपर्छ भन्दा हामी प्लेटकार्ड बोकेर बाहिर निस्कन्छौँ, पाउँदैन । हामी नै प्लेकार्ड बोकेर बाहिर निस्कन्छौँ, हुँदैन ।’
उनी अझ आक्रोश थप्दै भन्छन्, ‘के भन्या यो, के गर्न खोजेको यो मुलुकलाई ? त्यसैले मुलुकको समृद्धिका लागि अगाडि बढ्दाखेरि देशैभरी धेरै हाम्रा स्टुडेन्टहरू यही मुलुकमा मेडिकल शिक्षा पढेर डाक्टर बन्नुस् । हरियो पासपोर्ट बोकेर अरबमा काम गर्न जाने होइन । हामी रातो पासपोर्ट बोकेर डाक्टरहरू विश्वभरी काम गर्न जाने हुन सक्यौँ भने पैसाको कमी हुन्छ र यो मुलुकमा ? तर हामी मान्छेलाई पढाएका छैनाँै । अनि हरियो पासपोर्ट जिम्मा लाउँदै अरबमा काम गर्न पठाएका छौँ ।’

कानुनमन्त्री तामाङले मागे माफी

कानुनमन्त्री शेरबहादुर तामाङको अभिव्यक्ति आउनु केही दिन अगाडि मात्रै बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसार्इंको यही प्रकृतिको अभिव्यक्ति पनि आएको थियो । 

प्रसाईंले पनि बङ्गलादेशका प्रोफेसरहरूले नेपाली चेलीहरूलाई करणी गरिरहेको अभिव्यक्ति दिएका थिए । 

प्रसाईंले भनेका थिए, 
‘आज म तपाईंहरूलाई एउटा कुरा भन्छु, त्यो पनि लेख्नुस् । बङ्गलादेश पढ्न गएका हाम्रा चेलीहरू किन अरू केटाहरूले ५ वर्षमा एमबीबीएस पास गरेर आउँछन्, केटीहरू किन ९ वर्षसम्म पनि आउँदैनन् । त्यहाँका प्रोफेसरहरूले करणी गरेर राखेका छन्, त्यहाँका केटीहरूलाई ।’

बङ्गलादेशमा एमबीबीएस लगायतका विषय अध्ययन गर्ने नेपाली चेलीहरूका विषयमा यस्तो अभिव्यक्ति आएपछि महिला आन्दोलनकर्मी तथा बङ्गलादेशमा अध्ययन गर्दै गरेका नेपाली विद्यार्थीहरूले भने यसको व्यापक विरोध सुरु गरेका छन् । 

मन्त्री तामाङ र प्रसाईँलाई कारवाही गर्न राप्रपाको माग

भिडियो स्रोत : सामाजिक संजाल


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप