शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘ब्रेन क्यान्सर’ को उपचारका लागि याचना

आइतबार, ०६ साउन २०७५, १३ : ३७
आइतबार, ०६ साउन २०७५

मोरङ– नेकपाका एक सक्रृय कार्यकर्ताले  ‘ब्रेन क्यान्सर’ रोगको उपचार गर्न नसक्दा सहयोगको याचना गरेका छन् । तत्कालिन मोरंगको डाँगीहाट गाबिस ३ र हाल बेलबारी ८ बाहुनी घर भएका ५६ बर्षिय रामेश्वरबिक्रम थापा (बिक्रम) ले  ‘ब्रेन क्यान्सर ’ को उपचार गराउन आर्थिक अभाव भएपछि सहयोगको याचना गरेका हुन ।  
लामोसमय कम्युनिष्ट राजनीति गरेका थापाले उपचारका लागि भएको खेतबारी बिक्रि गरिसकेका छन् । फोक्सोबाट सुरु भएको क्यान्सर टाउकोमा सरेको थियो ।  हाल भारतको नयाँ दिल्लीस्थित राजिब गान्धि क्यान्सर अस्पतालमा उपचार गराइरहेका उनले अहिलेसम्म ३५ लाख रुपैयाँ  खर्च गरिसकेका छन् । 
अझै अन्तिम अप्रेसन बाँकी रहेको र त्यसका लागि ५ लाख रुपैयाँ लाग्ने भएपनि आफुसँग त्यो पैसा नभएको थापाको गुनासो छ । ‘पाँच सात बिगाहा जमिन थियो सबै राजनीति  र उपचारमा सकियो अब आधा बिगाहा जति मात्र बाँकी छ खानलाई पनि पुग्दैन  अप्रेसनका लागि ५ लाख रुपैया कहाँबाट ल्याउने ?’ उनको प्रश्न थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप