मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चीनमा बुद्धभद्रको २ सय किलोको प्रतिमा स्थापना (तस्बिरसहित)

आइतबार, ०६ साउन २०७५, २२ : २१
आइतबार, ०६ साउन २०७५

जियाङ्सी । चीनको जियाङ्सी प्रान्तमा रहेको डोङलिङ गुम्बामा बुद्धभद्रको प्रतिमा स्थापना गरिएको छ । आइतबार एक कार्यक्रमका बीच नेपाल–चीन कार्यकारी परिषद्को प्रतिनिधिमण्डल र गुम्बाका मास्टर डा आनले उक्त प्रतिमाको अनावरण गरेका हुन् । परिषद्को प्रतिनिधित्व अध्यक्ष अनुप भट्टराईले गरेका थिए ।

तामाले बनेको उक्त मुर्तिको तौल २ सय किलोको रहेको छ । उक्त मुर्तिलाई नेपालका मुर्तिकारहरुले पूर्णरुपमा नेपाली शैलीमा तयार गरेका हुन् ।

बुद्धभद्र (३५८–४२९) नेपालको कपिलवस्तुमा जन्मिएका थिए । उनी शाक्य मुनी बुद्धका सन्तति थिए । उनी १६ सय वर्षभन्दा अघि चीनमा आएका थिए । गुरु हुई युवानको आमन्त्रणमा उनी ह्वाइट लोटस रेजिमेनटमा आएका थिए । त्यसपछि उनी दोङलिङ पुगेका थिए । उनको सम्मानमा त्यहाँ स्तुपाको पनि निर्माण गरिएको छ । चीनमा रहेर उनले बुद्धका सुत्रहरुका १२५ ग्रन्थलाई अनुवाद गरेर हान बुद्धधर्मको विकासमा ठूलो योगदान गरेका पुर्याएका थिए ।

सन् २०१५ मा अध्यक्ष भट्टराई चीन आएको बेला दोङलिङ गुम्बाको भ्रमण गरेका थिए । त्यही बेला उनले बुद्ध भद्रको मुर्ति स्थापना गर्ने वाचा गरेका थिए । बुद्धभद्रको मुर्ति स्थापना गर्न जियाङ्सी पिपल्स एसोसिएसन फर फ्रेन्डिसीप विथ फरेन कन्ट्रीज र ब्युरो अफ एथ्नीक एण्ड रिलिजियस अफेयर्सले पनि सहयोग गरेको थियो ।

अध्यक्ष भट्टराईले यस मुर्ति स्थापनाले चीन नेपाल सम्बन्धमा नयाँ आयाम थपेको बताउँदै दोङलिङ गुम्बाबाट प्रतिनिधिमण्डललाई लुम्बिनी भ्रमणको निम्ता पनि दिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप