बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एन आई सी एशिया बैंकले ल्यायो मिस्ड कल बैंकिङ सेवा

आइतबार, ०६ साउन २०७५, २२ : ४३
आइतबार, ०६ साउन २०७५

काठमाडौं–एन आई सीएशिया बैंक लिमिटेडले २०७५ श्रावण १ गतेबाट मिस्ड कल बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।  यो सेवाको सुरुवात सँगै अब बैंकका ग्राहकहरुले  ब्यालेन्स जानकारी, मिनी स्टेटमेन्ट जानकारी र कल ब्याक सेवा प्राप्त गर्नेछन् । 
ब्यालेन्स जानकारी अन्तर्गत ग्राहकले मोबाईल नं– ९८०१२२७७३३ मा मिस्ड कल गरी आफ्नो खातामा रहेको मौज्दातको जानकारी एसएमएस मार्फत प्राप्तगर्न सक्नेछन् । 
यस्तै मिनी स्टेटमेन्ट जानकारी  अन्तर्गत मोबाईल नं– ९८०१२२७७४४ मा मिस्ड कल गरी खाताको अन्तिम ३ वटा कारोवारको जानकारी एसएमएस मार्फत प्राप्तगर्न सक्नेछन् भने  कलब्याक सेवामार्फत मोबाईल नं–९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका सम्बन्धित कर्मचारीबाट कलब्याक मार्फत विभिन्न सुविधाको बारेमा जानकारी प्राप्त गर्न सकिने बैंकले जनाएको छ । 
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप