शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आइक्यान द्वारा सिटिजन्स पुरस्कृत

आइतबार, ०६ साउन २०७५, २२ : ५७
आइतबार, ०६ साउन २०७५

काठमाडौं–“योर पार्टनर फर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ बैंकिंग सेवा दिँदै  आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड आईक्यानद्वारा पुरस्कृत भएको छ । बैंकलाई आइक्यानले Best Presented Annual Report Award (BPA) 2017, Banking Sector(Private & Public Limited) बाट पुरस्कृत गरेको हो । 
यो आईक्यानले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा हरेक वर्ष सहभागी बैंकका वार्षिक लेखा प्रतिवेदनलाई संस्थागत सुशाशन,बैंकको उदेश्य,जोखिम व्यवस्थापन, गन्तव्यको लेखा विवरण तथा लेखा सम्बन्धि टिप्पणी तथा अन्य डिस्क्लोजरका आधारमा मूल्यांकन गरी उत्कृष्ट वार्षिक लेखा प्रतिवेदनलाई दिईने पुरस्कार हो ।
 

यस अघि पनि बैंकको वार्षिक प्रतिवेदनलाई Best Presented Annual Report 2015  बाट पुरस्कृत गरिएको थियो। 
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७८ वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप