मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रणबीरको विवाह हेर्न बुवा ऋषि कपुरलाई हतारोः भन्छन्, ‘मर्नु अघि नाती–नातिनासँग खेल्न चाहन्छु’

सोमबार, ०७ साउन २०७५, ०९ : ३८
सोमबार, ०७ साउन २०७५

आलिया भट्ट र रणबीर कपुर आजकाल बुल्गारियामा फिल्म ‘ब्रह्मास्त्र’ को दोस्रो शेड्युलको सुटिङ गरिरहेका छन् । दुबैको प्रेमको चर्चा कसैसँग लुकेको छैन । उनीहरुको परिवारिक सदस्यहरु नजिकिएका छन् । रणबीर–आलियाको सम्बन्धबारे बुवा ऋषि कपुरको प्रतिक्रिया सार्वजनिक भएको छ ।

मिड डे लाई दिएको अन्तर्वार्तामा उनले भने, ‘जे छ, त्यो सबैलाई थाहा छ । मैले केही भनिरहनु पर्दैन । रणबीरका लागि विवाह गर्ने यो ठिक समय हो । म २७ वर्षमा सेटल भएको थिएँ । रणबीर ३५ वर्ष पुगिसकेका छन् । त्यसकारण उनले विवाहबारे सोच्नुपर्छ । उनले मनपराएको जोसुकैसँग विवाह गर्न सक्छ । हामीलाई यसमा केही आपत्ति छैन । म मर्नु अघि नाती नातिनासँग खेल्न चाहन्छु ।’

उनले थपे, ‘रणबीर वा अन्य कलाकार, उनीहरु आफ्नो काममा धेरै केन्द्रीत छन् । उनीहरु जसलाई भेट्छन् तिनीहरु नायिका हुने गर्छन् । उनीहरु धेरैसँग घुलमिल हुँदैनन् । यो फिल्ममा काम गर्नेहरुको नकारात्मक पक्ष हो ।’

जब ऋषिलाई छोरासँग विवाह बारे कुरा गर्नुहुन्छ भन्ने प्रश्न सोध्दा उनले भने, ‘म यसबारे धेरै कुरा त गर्दिनँ तर मेरी श्रीमतीले भने उनलाई सम्झाइरहन्छिन् र रणबीर यस्तो प्रश्नसँग भागिरहन्छन् । जब रणबीर विवाहका लागि तयार हुनेछन् तब हामी अत्यधिक खुसी हुनेछौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप