शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अमिताभ बच्चनले छोरी श्वेतासँग अभिनय गरेको विवदास्पद विज्ञापन हटाइयो

सोमबार, ०७ साउन २०७५, १३ : ०३
सोमबार, ०७ साउन २०७५

भारतको कल्याण ज्वेलर्सले बलिउड अभिनेता अमिताभ बच्चन एवं उनकी छोरी श्वेता नन्दाद्वारा अभिनित करिब साढे दुई मिनेटको विवादित विज्ञापन हटाएको छ । यो विज्ञापन बैंक युनियनको निशानामा थियो । उक्त विज्ञापनले बैंकिङ प्रणालीमा ‘अविश्वास’ को भावना पैदा गरेको युनियनले आरोप लगाएको छ ।

कल्याण ज्वेलर्सका कार्यकारी निर्देशक रमेश कल्याणारमनले भने, ‘भूलवश मानिसहरुको भावनामा ठेस् पुगेकोमा हामी खेद प्रकट गर्छौं । त्यसकारण हामीले यो विज्ञापन हटाएका छौं । ’

अल इन्डिया बैंक अफिसर्स कन्फेडरेशनले विज्ञापनदाता कल्याण ज्वेलर्सविरुद्ध मुद्दा दर्ता गर्ने चेतावनी दिँदै विज्ञापनलाई घृणित बताएको थियो । संगठनले कम्पनीको विज्ञापनमार्फत लाखौं कर्मचारीको भावनामा ठेस पुगेको आरोप लगाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप