शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ग्राहकहरुका लागि मेघा बैंकले ल्यायो विशेष योजना

सोमबार, ०७ साउन २०७५, १३ : २९
सोमबार, ०७ साउन २०७५

काठमाडौं– मेघा बैंक नेपाल लिमिटेडले एक हप्ताभित्र व्यवसायिक लोन प्रवाह गर्ने विशेष योजना सञ्चालनमा ल्याएको छ ।  बैंकले आफ्नो स्थापनाको ८ औं वर्षको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच व्यवसायिक लोन प्रवाहको काम हप्ता दिनभित्र सम्पन्न गर्ने विशेष योजना संचालनमा ल्याएको हो । 

कार्यक्रममा बोल्दै बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेलीले ग्राहकहरुको आवश्यक्तालाई ध्यानमा राखेर बैंकले सो योजना अघि सारेको स्पष्ट पारिन् । उनले आवेदन दिएको २४ घण्टा भित्र लोन पाउने, नपाउने ग्राहकलाई जानकारी दिने व्यवस्था पनि गरिने घोषणा गरिन् ।

देशभर १ सय १ वटा शाखामार्फत् आफ्नो सेवा विस्तार गर्न सफल भएको मेघा बैंकको निक्षेप संकलन १२ अरव ७५ करोड पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप