शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौँडा–नारायणगढ सडक खण्डमा बस दुर्घटना

सोमबार, ०७ साउन २०७५, १४ : १८
सोमबार, ०७ साउन २०७५

हेटौँडा– नारायणगढबाट वीरगञ्जतर्फ आउँदै गरेको ना५ख ३७०१ नंको बस हेटौँडा–नारायणगढ सडक खण्डको लेबटमा आज मध्याह्न अनियन्त्रित भई सडकमा पल्टिँदा २० जना घाइते भएका छन् । 

घाइतेमध्ये ११को चुरेहिल अस्पताल र पाँचजनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

चार घाइते सामान्य उपचारपछि हेटौँडा अस्पतालबाट घर फर्केको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । बस चालक रौतहट जिल्ला चन्द्रनिगाहपुर नपा–११ बस्ने ३५ वर्षीय कुश थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

त्यसैगरी त्रिभुवन राजपथको हेटौँडा–भैँसे सडक खण्डको बागझोरामा सुक्खा पहिरो हटाई आज बिहान १० बजेदेखि हेटौँडा–काठमाडौँको यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

बागझोरा सडकमा आज बिहान २ बजे सुक्खा पहिरो गई सडक अवरुद्ध भएको प्रजिअ चक्रबहादुर बुढाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप