शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सानिमा बैंकको बचत खातामा महिला ग्राहकहरुलाई विशेष उपहार

सोमबार, ०७ साउन २०७५, १४ : ५९
सोमबार, ०७ साउन २०७५

काठमाडौं–सानिमा बैंकले श्रावण महिनाको हरेक सोमबार बचत खाता खोल्ने महिला ग्राहकहरुलाई बिषेश उपहार दिने योजना ल्याएको छ ।
 यो योजना अन्र्तगत सानिमा बैंकको मुख्य कार्यालय नक्साल लगायत देशै भरीका ७३ शाखाहरुबाट महिला ग्राहकहरुलाई बिषेश उपहार प्रदान गरिने बैंकले जनाएको छ । 

बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो योजना श्रावण, २०७५ महिना भरी चल्ने छ ।  साथै बैंकले निम्न आर्थिक अवस्था भएका महिलाहरुलाई उपचारकालागि प्रति व्यक्ति रु. २० हजार नबढ्नेगरि सहयोग गर्दै आएको छ । यसका लागि बैंकले पाटन अस्पताल सँग सहकार्य गरी आर्थिक सहयोग उपलब्ध गराइदै आएको छ ।’

बैंकले ग्राहकहरुलाई बचत खातामा बार्षिक ७ प्रतिशत सम्मको उच्चतम ब्याज उपलब्ध गर्दै आएको छ भने ग्राहकहरुको साथलाई ध्यानमा राखेर बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप