शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रोल्पामा ३ जना पहिरोमा पुरिए

सोमबार, ०७ साउन २०७५, १५ : ३९
सोमबार, ०७ साउन २०७५

रोल्पा– गएराति गएको पहिरामा परी सुनिल स्मृति गाउँपालिका– ८ अरेशका तीन जना पुरिएका छन् ।  पहिरामा परी पुरिनेमा सुनिल स्मृति गाउँपालिका– ८ अरेशका १८ वर्षीया चमेली पुन, १८ वर्षकै होमे घर्ती र १२ वर्षीय ओवी घर्ती भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए ।

गोठमा रहेको एउटा गाईसमेत पुरिएको बताइएको छ । बेलुका खाना खाएर गोठमा सुत्न गएका उनीहरु बिहान अबेरसम्म घर नफर्केपछि परिवारले खोजी गर्दा पहिरामा पुरिएको अवस्थामा भेटिएको बताइएको छ । 

उद्धारका लागि इलाका प्रहरी कार्यालय सुलिचौरको टोली घटनास्थलतर्फ लागेको बताइएको छ । सूचना पाउनेबित्तिकै प्रहरी घटनास्थलतर्फ लागे पनि पैदलयात्रा गरी जानुपर्ने भएकाले केही ढिलाइ भएको प्रहरी नायब उपरीक्षक फुयाँलले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप