बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्प्राइटको रिफ्रेस बनायो, रिचार्ज गरायो अफर

सोमबार, ०७ साउन २०७५, १६ : २६
सोमबार, ०७ साउन २०७५

काठमाडौं । पेय पदार्थ उत्पादक कम्पनी कोकाकोला नेपालले लेमोन र लाइम स्वादका आफ्नो उत्पादन स्प्राईटको ‘रिफ्रेस एण्ड रिचार्ज’ नामक अफर सार्वजनिक गरेको छ ।

ग्राहकले स्प्राइट, कोक तथा फ्यान्टाको खरीद गरि यो योजनामा सहभागी हुन सक्नेछन् । यो योजनामा ग्राहकले रु १० देखी रु ५००० सम्मको रिचार्ज प्राप्त गर्न सक्नेछन् ।

यो योजना भरीमा ग्राहकहरुले ४ करोड रुपंैया बराबरको रिचार्ज जित्न सक्नेछन् । कम्पनीले उक्त अफरको ट्याग लाइन –‘रिफ्रेस बनायो, रिर्चाज गरायो’ भन्ने नारा सहित ल्याएको हो । 

यो योजनामा सहभागी हुन ग्राहकले स्प्राइट, कोक तथा फ्यान्टा गरिद गरि लेवल पछाडिको युनिक कोडलाई टाईप गरि ३६७६८ मा एस। एम। एस गर्नु पर्नेछ ।

यो योजना भाद्र १५ गतेसम्म लागु हुनेछ । यो योजना ५०० एमएल, १ लिटर, १.५ लिटर र २.२५ लिटरका स्प्राइट, कोक तथा फ्यान्टाका बोतलमा लागु हुनेछ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप