बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेससँग प्रचण्ड किन यति आक्रामक भए ? यी हुन् प्रचण्डका १० हमला

सोमबार, ०७ साउन २०७५, १६ : ५०
सोमबार, ०७ साउन २०७५

काठमाडौं–लामो समयको मौनता तोड्दै नेकपाका अध्यक्ष प्रचण्डले आज राष्ट्रिय राजनीतिका महत्वपूर्ण विवादित मुद्दामा आफ्नो धारणा राखेका छन् ।

बागठबन्धन निर्माणदेखि पार्टी एकतासम्म आउदा पनि काँग्रेसप्रति अलि उदार देखिएका प्रचण्ड आज निकै आक्रामक देखिएका छन् । 

केही दिन अगाडि दुई तिहाई बहुमत लिएको पार्टीमा लेख्ने र बोल्ने मान्छे कोही नदेखिएको भन्दै नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले असन्तुष्टि राखेका थिए ।

असार ३ गते पत्नी सीताको उपचारमा सिंगापुर गएर फर्केयता प्रचण्डको यति आक्रामक अभिव्यक्ति आएको थिए ।

प्रधानमन्त्री ओली र प्रचण्डको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

प्रचण्ड नबोलको भनेर राजनीति बृतमा चासो पनि व्यक्त भएको थियो । 

सरकार र नेकपामाथि लगातार विपक्षी काँग्रेसले हमला गरेपछि प्रचण्डले जवाफ दिएका हुन् ।

सरकारको कामकारवाहीप्रति पार्टीका आन्तरिक बैठकमा असन्तुष्टि जनाएपनि प्रचण्डले सार्वजनिक कार्यक्रम मार्फत सरकारको बचाउँ गरेका छन् । 

प्रचण्डले विपक्षी दल काँग्रेसको भूमिकामाथि प्रश्न उठाउँदै काँग्रेस अव सकिनेदिशातिर उन्मुख रहेको दावी गरेका छन् । 

प्रचण्डले आज आफ्नो निशानामा काँग्रेसलाई पारेका छन् ।

सुशीला कार्की र कृष्ण पहाडीमाथि खनिए प्रधानमन्त्री ओली

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औँ स्मृति दिवसका अवसरमा नेकपाले काठमाडौंमा  गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले काँग्रेसको राजनीतिक भविष्यबाणी पनि गर्न भ्याए ।

राष्ट्रिय चिकित्सा शिक्षा विद्येयकको विरोधमा अनशन बसेका डा.गोविन्द केसीको मागलाई लिएर काँग्रेसले सडक र सदन आन्दोलनमार्फत सरकार र नेकपामाथि दवाव बनाएपछि प्रचण्डले आज काँग्रेसमाथि हमला गरेका हुन् ।

काँग्रेसले यो मुद्दामा संसदसमेत अवरोध गर्दै आएको छ ।

यहीकारण यो विद्येयक संसदमा पेशसमेत हुन पाएको छैन् । 

काँग्रेसमाथि प्रचण्ड हमला

१–हामी डा.केसीसँग वार्ता गर्न तयार छौँ । तर, नेपाली काँग्रेसले खोजेको चाहिँ के हो ? काँग्रेस केसीको पुच्छर समातेर संघीय लाकतान्त्रिक गणतन्त्रमाथि काँग्रेसले के गर्न खोजेको हो ? के काँग्रेसले गोविन्द्र केसीमाथि राजनीतिक गर्न खोजेको हो । ? के काँग्रेस अलोकतान्त्रिक भएको हो । के काँग्रेस एजेन्डाविहीन भएको हो ? गोविन्द केसीको माग पुरा गर भनेर सम्पूर्ण तोडफोडमा उत्रनु भनेको मेरो दृष्टिमा अब काँग्रेस सिद्धियो । काँग्रेसको अवसानको बाटो शुरु भयो ।

–प्रचण्डले लगातारको अनशनमा पनि असन्तुष्टि जनाए । एउटा व्यक्ति माग राखेर अनसनमै बस्ने हो भने चुनाव किन चाहियो ? संसद किन चाहियो ? चुनाव किन गर्ने ? पालैपालो एकजनालाई अनशनमा राखौँ । माग पुरा गरौँ । यहि बुद्धि हो भने काँग्रेस इतिहासको विषय बन्न कसैले रोक्न सक्दैन । अब हामी तल जाँदैछौँ, यसबाट के निस्कन्छ, हेर्नुहोला ।

३– ‘७० वर्षपछि ५ बर्ष सरकार चल्ने अवसर पायौँ भनेर सत्ता र प्रतिपक्ष सवैको हो भनेका थियौँ । चार महिना कुर्ने धैर्यता देखिएन । हामी कम्युनिष्ट पार्टी कसैको जिवन रक्षाका निम्ती कति संवेदनशिल छौँ भन्ने कुरा हामीले सावित गरेका छौँ । डा गोविन्द केसीको रक्षाको निम्ती हामीले के के गर्यौँ त्यो देखिईराखेको छ । तर बडो लोकतात्रिक भन्नेहरुले सरकारी डाक्टरलाई परिक्षण गर्न दिन्नौँ भन्ने । जिवन रक्षा गर्दा ढुङ्गामुढा गर्ने । यो हो त लोकतन्त्र ? यसले लोकतन्त्र सुदृढा हुन्छ ? वार्ता गर्छौँ भन्दा वार्ता गर्दैनौँ सरकारी टोलीसँग भन्ने । यो हो लोकतन्त्र ?

४–मैले कथा भन्ने गरेको छु । महादेव र पार्वती आकाश मार्गमा हिँडेको वेला, तल फोहोरको नालीमा सुंगुरहरु नाचिराखेके देखिन् पार्वतीले । पार्वतीलाई दया आयो । विचरा ति सुंगुरका बच्चाबच्ची त्यस्तो फोहोरमा बसेका छन् तिनलाई उद्दार गर्न पर्यो प्रभु भनेर महादेवलाई भन्दा, ‘हैन यिनको बुद्धिनै त्यस्तै छ । यि राम्रो ठाउँमा आउन चाहाँदैनन्’ महादेवले भने । तर, पनि पार्वतीले जिद्धि गरिन् । त्यसपछि महादेव तल उत्रेर तिमिहरु यस्तोमा बस्ने हैन । अव स्वर्गमा जाने मिठो मिठो खाने, आनन्दसँग बस्ने भनेछन् महादेवले । तर ति सुगुँरले फोहोरको गल्ली देखाएर यस्तो छ कि छैन भनेछन् । यस्तो त हुदैँन त्यहाँ भनेर भन्दा त्यसो भए जाँदैनाँै हामी त्यहाँ भनेछन् सुगुरले । अहिले अराजकता फैलाउन खोज्नेहरु त्यहि फोहोरमा बस्न चाहाने हुन् । राम्रोमा जानै नचाहाने हुन् । म साथीहरुलाई आग्रह गर्न चाहन्छु भने यस्तो तरिका छौड्दिउँ । सफा र सिधा सिधा राजनीति गर्नुस् । के चाहिएको हो, केमा चित्त बुझेको छैन, भन्नुस् । सिधै जनतालाई संगठित गर्नुस् न । विचरा एउटा अनशन बसेको डाक्टरको फेरो समातेर वैतर्नी तर्नै लाजमर्दौ कुरा नगर्नुस् । 

काँग्रेसमाथि प्रधानमन्त्री ओलीको ‘काउन्टर अट्याक’ : काँग्रेसले के तमासा गरेको यो ?

५–हामी सिधै वार्ता गर्न तयार छौँ । डा गोविन्द केसीसँग डिल गर्न सरकार र पार्टी पनि तयार छ । म डा गोविन्द केसीलाई पनि भन्न चाहान्छु । तपार्ईं ककसको घेरामा त परिसक्नु भएको छैन ? विचार गर्न होला । तपार्ईं जे भन्नु खोज्नु भएको छ । त्यसको वरीपरी  तपार्ईंको कामबाट परिणाम निकाल्न त खोज्दै छैनन् ? हेर्नुहोला । तपार्ईंप्रति हाम्रो कुनै घृणा छैन । तपार्ईंं र तपार्ईंंको अनसनप्रति कुनै घृणाा छैन । लेनदेन गर्न तयार छौँ । तर, तपाईंको नाममा देशमा अराजकता फैलाउन खोज्नेहरुप्रति सरकार, पार्टी कसैलाई सैय हुनेछैन । जनता सार्वभौम छ । जनताद्धारा निर्वाचित प्रतिनिधिहरु सार्वभौम अधिकार लिएर आएका छन् । त्यसकारण उनीहरुको अधिकारलाई चुनौति दिने कतैबाट हुन्छ भने त्यो हामी सहन सक्दैनौँ । त्यसैगरी प्रतिपक्षका साथीहरुले यो विडम्वना गर्न छाडेर छिटो वार्ताको माध्यमबाट समृद्धिको अवसरलाई गुमाउने भूल नगरियोस् । म यो भन्दा वढि भाषा प्रयोग गर्न चाहान्नँ । नम्र ढंगले भनेको प्रतिपक्षको साथीहरुलाई । हामी कसरी बाह्रबुदेँ सम्झौता गरर्यौँ ।  कसरी शान्ति सम्झौता गर्र्यौँ, त्यो सम्झेर भनेको हुँ । 

६–डा.गोविन्द केसीको जिवन रक्षा गर्ने दायित्व सरकारको हो । तर अर्को पक्ष उहाँको जिवन रक्षा प्रति गम्भिर छैन । तथाकथित लोकतान्त्रिक भन्ने तागत सायद उहाँको हत्या गर्न चाहान्छ । र, त्यो लासको राजनीति गर्न चाहने हो कि भन्ने प्रश्न गम्भिर रुपले खडा भएको छ । म आम नेपाली जनतालाई पनि भन्न चाहान्छु, यो के विडम्बना हो ? सरकारले वार्ता टोली बनाएको छ समस्या समाधान गर्न । सरकारले उहाँको जिवन रक्षा गर्न लडेर सामना गरेको छ । फेरी पनि सरकार माथि आरोपनै आरोप ? पार्टीका लिडरहरु माथि आरोपनै आरोप । यो के चिज हो ?

७–डा गोविन्द केसी सँग हामी वार्ता गर्न तयार छौँ । कति लचिलो हुनुपर्ने हो हुन तयार छौँ । उहाँको जिवन रक्षाप्रति हामी संवेदनशिल छौँ । तर मैले यहाँ उठाउन खोजेको नेपाली कांग्रेसले खाजेको चाहिँ के हो ? नेपाली कांग्रेसले संघिय लोकतान्त्रिक गणतन्त्रबाट डा गोविन्द केसीको पुच्छर समातेर तार्न खोजेको, हरण गर्न खोजेको हो ? नेपाली कांग्रेसले आफ्नो राजनीति डा गोविन्द केसी मार्फत गर्न पर्ने ठाउँमा पुगिसकेको हो ? 

८–कांग्रेस यति निम्छरो, कांग्रेस यति कमजोर, यति एजेण्डा विहिन, अलोकतान्त्रिक भैसकेको हो ? अस्ति भर्खरै हामी १२ बुदेँ देखि शान्ति सम्झौता गरेका नेताहरु अहिको अरु कुनै एजेण्डा छैन । गोविन्द केसीको माग पुरा गर भनेर तोडफोडमा उत्रिन खोजेको हो ? यदि हो भने यो भन्दा ठुलो बिडम्वना अरु केहि हुनै सक्दैन ।  मेरो दृष्टिमा कांग्रेस अव सिद्धियो । कांग्रेस सिद्धियो भन्ने देख्या छु । यहाँबाट कांग्रेस यहाँबाट अगाडि आउने होइन । कांग्रेसको अवसानको वाटो देखियो । 

काँग्रेसमाथि प्रचण्डको हमला : अब काँग्रेस सिद्धियो

९–हिजो मात्रै प्रधानमन्त्री, म र नेपाली कांग्रेसका सभापति बसेर कुरा गर्यौँ । सभापतिसँग हामीले भन्यौँ,‘के गर्न पर्ने हो, सहमति गरौँ । यो अनावश्यक विडम्बना नगरौँ ।’ विधेयक संसदमा छ । होइन एउटा कुनै व्यक्तिको मागलाई मानिदिनुनै पर्ने अरु उपाए छैन भने, यो संसद किन चाहियो ? चुनाव किन गर्न पर्यो ? प्रदेश सभा किन चाहियो ? स्थानीय तह किन चाहियो ? बीचबीचमा एउटालाई अनशन बस्न लगाईदिउँ । उसले जे–जे भन्छ त्यहि गरौँ । होइन विधिको शासन, लोकतान्त्रिक प्रणाली हो भने प्रणली भित्रैबाट समस्या समाधान गरौँ । त्यो भन्दा बाहिरबाट गर्न खोज्नु भनेको लोकतन्त्रको उपहास, त्यसको अपमान बाहेक केहि हुदैँन । तर, उहाँले के भन्नु भयो, ‘तपार्ईंहरु डा गोविन्द केसीसँग जे मा कुरा मिलाएपनि मेरो सहमति हुन्छ । अरु केहि छैन । यदि गोविन्द केसी मान्दैनन् भने हाम्रो आन्दोलन जारी रहन्छ । यहि हो शेरबहादुरजीको जवाफ ।’

डा.केसीको अनशन प्रधानमन्त्रीबाट डिल हुने विषय होइन : प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको अन्तरवार्ता

१०–कांग्रेसको यहि वुद्धि हो । यहि तरिका हो भने कांग्रेस इतिहासको विषय बन्न धेरै दिन लाग्दैन । उहाँहरु एकछिन ठान्नु भयहोला हिजोका कोही अधिकृतहरुलाई चर्कोचर्को भाषा बोलाएर कम्युनिष्टहरु सकिन्छन् । वा कमजोर हुन्छन् भन्ने सोच्नु भएको होला । तर हेर्नुहोला कम्युनिष्ट दश गुणा अघि आउँछौँ । हामी एकताको प्रारम्भिक चरणमा छौँ । हामी जनतामा जादैँछौ हेर्नुहोला । हामी युद्धबाट शान्ति कायम गर्न सक्ने नेता हौँ । सानातिना समस्याबाट हामीलाई कसैले कमजोर पार्ने सपना देखेको छ भने त्यो दिवा सपना हुनेछ । युगान्तकारी परिवर्तन, संविधान बनाउने नेतृत्व गरेका छौँ हामीले । कसैले सजिलै हामीलाई कमजोर पार्ने सोचेको छ भने आफु पर्ने खाल्डो आफै खन्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप