बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मालिका सहकारी संस्थाद्धारा स्नेही काख संस्थालाई १ लाख ३० हजारको सहयोग

सोमबार, ०७ साउन २०७५, १७ : ४१
सोमबार, ०७ साउन २०७५

काठमाडौं । मालिका बचत तथा ऋण सहकारी संस्थाले ११औं बार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत नेपाल स्नेही काख संस्थालाई टहरा निर्माणको लागि रु १लाख ३० हजार रुपैया आर्थिक सहयोग गरेको छ ।

बिगत ८ बर्षदेखि सुस्त मनस्थिति भएर घरवार बिहिन भएका तथा बेसाहारा बच्चाहरुको रेखदेख गर्दै आइरहेको उक्त संस्थाले अहिले करीव १८ जना महिला तथा ६ जना नाबालक बच्चाहरुको रेखदेख गर्दै आइरहेको छ ।

मालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष जनक बहादुर धामी तथा उद्योगपति भवानी शंकर मिन्डाद्धारा संयुक्त रुपमा संस्थाकी संचालिका स्नेह पौडेललाई चेक हस्तान्तरण गरे ।

उक्त संस्थामा रहेका बालबालिका तथा असहाय बच्चाहरुको पोषणको लागि मासिक रुपमा चाहिएजति दाल उपलब्ध गराउने कुरा संस्थाका अध्यक्ष जनकबहादुर धामीले बताएका छन् ।

सहकारीको यो सहयोग तथा हौसलाले संस्थालाई बलियो बनाएर मानवीय समबेदनाको क्षेत्रका काम गर्न थप प्रेरणा मिलेको नेपाल स्नेही काख संस्थाकी संचालिका नेहा पोख्रेलले बताइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप