शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हुण्डाईले ल्यायो ‘हुण्डाई परिवार’ योजना

सोमबार, ०७ साउन २०७५, १८ : ५५
सोमबार, ०७ साउन २०७५

काठमाडौं । नेपालको लागि हुण्डाई गाडीको एकमात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले फ्रेबुअरी ८, २००९ देखि हुण्डाई गाडीको आयात र बिक्री तथा बिक्रीपछिको सम्पूर्ण सेवाहरु उत्कृष्ट रुपमा प्रदान गर्दै आएको छ । 

हुण्डाईको उत्कृष्ट सेवाको निरन्तर यात्रामा, देशको चार पाङग्रे गाडीको विधामा उत्कृष्ट ब्राण्ड बन्न सफल भएको छ । हुण्डाईका अनुभवी तथा दक्ष टिमहरु, ग्राहकहरुको आवश्यक्ता पुरा गर्न तयार रहेका छन् ।

हुण्डाईको निरन्तर यात्रामा साथ दिँदै आइराखेका ग्राहकहरुको जीवनमा थप खुशी पू¥याउनको लागि हुण्डाईले ग्राहकहरुको जीवनसँग जोडिएको विभिन्न सेक्टरहरुको कम्पनीसँग सम्झौता कायम गरेको छ । 

यो सम्झौताबाट हुण्डाई परिवारको ग्राहकहरुले विभिन्न आउटलेटहरुबाट धेरै किसिमको फाइदाहरुको लाभ लिन सक्नेछन् । हुण्डाई परिवारको ग्राहकहरुले आफनो हुण्डाई परिवार प्रिभिलेज कार्डको प्रयोग गरी यी फाइदाहरुको लाभ लिन सक्नेछन् ।

यो योजनाबाट हुण्डाई परिवार ग्राहकहरुको जीवनमा संलग्न हुन पाउँदा अत्यन्तै खुशी छ । जसले गर्दा हुण्डाई परिवार ग्राहकहरुको जीवनमा थप खुसी पू¥याउनको लागि तत्पर तयार रहेको कम्पनीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप