बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अझै पत्ता लागेनन् सञ्चारउद्यमी धितालका हत्यारा, बाबुको हत्यारा देखाइदिन मनिषाको आग्रह

सोमबार, ०७ साउन २०७५, १९ : ०७
सोमबार, ०७ साउन २०७५

शरद रेग्मी

दाङ– तत्कालीन रेडियो तुलसिपुरका अध्यक्ष हेमराज धितालको हत्या भएको आज ठिक ८ बर्ष बितेको छ । आज देबिप्रसाद धिताल प्रतिष्ठानले तुलसिपुरमा आयोजना गरेको अन्तरक्रियामा बोल्ने बक्ताहरुले एसियामै उत्कृष्ट मानिएको नेपाल प्रहरीले आठ बर्षसम्म पनि एउटा घटनाको उचित छानबिन नहुनु अत्यन्तै दुःखद घटना भएको बताएका छन् । उनीहरुले अब पीडित परिवार र आफन्तहरुले प्रहरी प्रसासनका कार्यालयहरूलाई घेराउ गर्दै आन्दोलनको थालनी गर्नुपर्ने बताए । 

कार्यक्रममा स्वर्गीय हेमराज धितालकी छोरी मनिषाले बुबाको हत्यारा पत्ता लगाइदिन प्रशासनसँग आग्रह गरिन् ।  २१ वर्षीय छोरी मनिषाले आफु १३ वर्षको हुँदा बाबाको हत्या भएको तर हालसम्म पनि हत्यारा पत्ता नलाग्दा प्रहरी प्रशासनको समेत विश्वास नलाग्ने बताईन् ।

कार्यक्रममा भावुक बनेकि उनले आफुले जस्तै यति लामो समयसम्म बाबाका हत्यारा पत्ता नलागेको भन्दै यस्तो अवस्था कसैलाई नआओस् भन्ने कामना समेत गरिन् । कार्यक्रममा प्रमुख अतिथि तुलसिपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले घटनाको सत्यतथ्य छानबिनका क्रममा कसैले पनि हस्तक्षप गर्न नहुने बताए ।

उनले हेमराज धितालको निधनले समजमा अतुलनिय क्षति पुगेको भन्दै उनको हत्याको कारण र हत्यारालाई नेपाल प्रहरीले जसरी पनि पत्ता लगाउनुपर्नेमा जोड दिए ।  कार्यक्रमका विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले आफु धिताल हत्या काण्डका बारेमा गम्भीरतापूर्वक लागिपरेको बताए ।

उनले यस्ता घटनाहरुको कारण  नेपाल प्रहरी पत्ता लगाउन चुक्यो भने नेपाल प्रहरीको विश्वास जनतामा टुटेर जाने बताए ।  रेडियो तुलसीपुरका तत्कालीन अध्यक्ष तथा राप्ती अचल बस व्यवसायी समितिका पूर्वअध्यक्ष समेत रहेका धितालको २०६७ साल साउन ६ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ जस्पुरमा एक हतियार धारी समुहले गोलि हानी हत्या गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप