शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओपो बुगीवुगीद्वारा टप थ्री फाइनलिस्टको घोषणा, को–को परे ?

सोमबार, ०७ साउन २०७५, १९ : ५२
सोमबार, ०७ साउन २०७५

काठमाडौं । सेल्फी एक्स्पर्ट तथा लिडर, ओपोद्वारा प्रमुख प्रायोजन गरिएको नेपालकै पहिलो अन्तर्राष्ट्रिय फ्रान्चाइज्ड टेलिभिजन डान्स रियालिटी शो, ओपो बुगी वुगी सिजन–१ कार्यक्रमको अन्तिम चरणमा आइपुगेको छ । 

शुक्रवार, जुलाइ २० मा दर्शक भोटिङका आधारमा कार्यक्रममार्फत अन्तिम ३ प्रतिस्पर्धीका रुपमा कविता नेपाली, प्रगती पुन र सरोज मोक्तान छनोटमा परेका छन् । अब अगष्ट ४मा आयोजना हुने फाइनल राउण्डमा आफ्ना उत्कृष्ट नृत्य प्रदर्शनीका साथमा दर्शको मन जित्दै भोट बटुल्न ‘टप थ्री’ बिच प्रतिस्पर्धा हुनेछ । 

‘नेपालका यूवा प्रतिभालाई प्रतिभा प्रस्फुटनका लागि नयाँ मञ्च प्रदान गर्दै नेपाललाई सम्भावना बोकेका नयाँ कलाकार पस्कने कार्यमा सफलताले हामी निकै प्रोत्साहित छौँ । एपी वानसँगको सहकार्यमार्फत अघिल्लो बर्ष नेपाल आयडल र यस बर्ष बुगी बुगीमार्फत सफलतापूर्वक हामीले देशलाई धेरै यूवा कलाकार दिन सफल भएका छौँ,’ ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ,‘कुनैपनि कार्यक्रमको प्रायोजन गर्दा देशका यूवा पुस्ताले त्यसको प्रत्यक्ष लाभ उठाउन सकुन् भन्ने हाम्रो चाहना हुन्छ । दर्शक माझ कार्यक्रम तथा यसमा सहभागी प्रतिभाकोे बढ्दो लोकप्रियताले हाम्रो उद्देश्यमा हामी सफल भएको हामीले मानेका छौँ ।’

आपो बुगी वुगीका विजेताले नगद रु २५ लाख प्राप्त गर्नेछन् । त्यसैगरी, दोस्रो हुनेलाई रु ६ लाख र तेस्रो हुनेले रु ४ लाख पुरस्कार स्वरुप प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । 

‘कार्यक्रमको शुरुवात गर्दा हामीले मात्र एकजना विजेतालाई रु २५ लाख नगद पुरस्कार स्वरुप दिने निर्णय गरेका थियौँ । तर, हामीले भरखरै दोस्रो र तेस्रो हुनेलाई पनि खालि हात नहोस् भन्ने तिर ध्यान दिएर तिनका लागि पनि पुरस्कार राशीको ब्यवस्था गरेका हौँ ।’ कार्यक्रमका निर्देशक एलिन श्रेष्ठले भने, ‘अन्तर्राष्ट्रिय स्तरमै कार्यक्रम सञ्चालन गर्न सकेकोमा हामी निकै गौरवान्वित छौँ । ओपोसंगको सहकार्यद्वारा सञ्चालित कार्यक्रमले उपलब्ध गराएको प्ल्याटफर्म मार्फत सबै सहभागीको भविष्य उज्वल होस् भन्नु नै हाम्रो चाहना हो ।’

कार्यक्रमको अन्तिम प्रतिस्पर्धा र विजेताको घोषणा यही अगष्ट ४मा दर्शकको भोटका आधारमा गरिने छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप