शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नं ७ को प्रदेशसभा बैठक स्थगित

सोमबार, ०७ साउन २०७५, १९ : ५७
सोमबार, ०७ साउन २०७५

धनगढी । प्रदेश नं ७ प्रदेशसभाको आजको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । 

अर्को सूचना जारी नभएसम्मका लागि आज अपराह्न ३ बजेका लागि तय भएको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले बताए । 

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले बैठक अवरुद्ध गर्ने बताएपछि बैठक स्थगित गर्नुपरेको बताइएको छ । यसअघि शुक्रबारको प्रदेशसभाको बैठक पनि प्रतिपक्षी काँग्रेसको अवरोधका कारण स्थगित भएको थियो । 

यसैबीच प्रदेश नं ७ प्रदेशसभाको काँग्रेस संसदीय दलले आज एक विज्ञप्ति प्रकाशित गरी अनशनरत डा गोविन्द केसीले उठाएका माग पूरा गरी उनको जीवन रक्षा गर्न माग गर्दै कानून मन्त्रीले महिलाको अपहेलना हुने गरी अभिव्यक्ति दिएको भन्दै विरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप