शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राजमार्गको वैकल्पिक सडक भएका ठाउँमा तीनपांग्रे व्यवस्थापन गर्न बाटो खुल्ला

सोमबार, ०७ साउन २०७५, २० : ५०
सोमबार, ०७ साउन २०७५

चितवन । भरतपुर महानगरपालिकाले तीनपांग्रे सवारीसाधन व्यवस्थापन गर्न लागेको कार्यविरुद्ध ई–रिक्सा तथा अटो व्यवसायीले दिएको मुद्दामा बहस सुनेपछि उच्च अदालत पाटन हेटौँडा इजलासले सोमबार राजमार्गको वैकल्पिक सडक भएका ठाउँमा तीनपांग्रे व्यवस्थापन गर्न बाटो खुल्ला गरिदिएको छ ।

इजलासबाट सोमबार जारी आदेशमा भनिएको छ, ‘प्रस्तुत रिट निवेदनको अन्तिम किनारा नलागेसम्म विपक्षी भरतपुर महानगरपालिकाभित्र पर्ने राजमार्गको वैकल्पिक सडक भएका स्थानबाहेक सो राजमार्गको वैकल्पिक सडक नभएका स्थानसम्ममा मात्र प्रवेश गर्न निवेदनमा उल्लेखित प्रकृतिका तोकिएको मापदण्ड पूरा गरेका सवारी साधनलाई रोक नलगाउनु भनी विपक्षीहरुका नाउँमा उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।’

हेटौँडा इजलासको आदेश अनुसार राजमार्गको वैकल्पिक सडक भएका ठाउँमा तीनपांग्रे व्यवस्थापनको बाटो खुल्ला भएको भरतपुर महानगर प्रमुख रेनु दाहालले बताइन् । 

उनले ईरिक्सा, अटो, टेम्पो लगायतका तीनपांग्रे सवारीसाधन व्यवस्थापनसँगै शहरको सुन्दरता र यातायातलाई प्रभावकारी सञ्चालनको काममा महानगर दृढ संकल्प लिएर अघि बढ्ने बताइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप