शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिरहामा पोखरीमा डुबेर बालकको मृत्यु

सोमबार, ०७ साउन २०७५, २० : ५४
सोमबार, ०७ साउन २०७५

-रामभरोसी यादव

सिरहा । सिरहाको गोलबजार नगरपालीका–८ चोहर्वामा पोखरीमा डुवेर एक बालिकाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।

गाउँ नजिकै बाख्रा चराउन गएकाबेला शंकर साहको पोखरीमा सोमबार अपरान्ह नुहाउन पसेका स्थानीय लक्ष्मी महतोको ६ वर्षीय छोरा आयुष महतोको ज्यान गएको हो ।

उनीसँगै रहेको उनका दिदी ८ वर्षीया अनिशा, रामअवतार महतोको ७ वर्षीय छोरा राजन र सोमनाथ महतोको ६ वर्षीय छोरा आयुष महतो पोखरीमा डुबेर घाइते भएको इलाका प्रहरी कार्यालय गोबजारले जनाएको छ । उनीहरु सबैको उपचार गोलबजारस्थित स्वास्थ्य संस्थामा भईरहेको छ । 

बाख्रा चराउन गएको उनीहरु पोखरीमा नुहाइरहेको बेला पानीमा डुबेको देखेपछि स्थानीयले उद्दार गरेको प्रहरीले जनाएको छ । मृतक आयुषको शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप