शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जाजरकोटमा गाडीको ठक्करबाट बालिकाको मृत्यु

सोमबार, ०७ साउन २०७५, २० : ५७
सोमबार, ०७ साउन २०७५

जाजरकोट । जाजरकोटमा गाडीको ठक्करबाट आज साँझ एक बालिकाको मृत्यु भएको छ । 

गाडीको ठक्करबाट भेरी नगरपालिका–१ रावतगाउँका पृथ्वीबहादुर रावतकी आठ वर्षीया छोरी रोशनीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

खलंगादेखि रिम्नातर्फ गइरहेको भेरी गंगा यातायात समितिको ना ४ छ ९७२४ नम्बरको गाडीको ठक्करबाट घाइते भएकी उनलाई उपचारका लागि जाजरकोट अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । 

सवारी चालक धर्मराज बुढा र सवारी धनी विवश शाहलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक इन्द्रजित सुनारले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप