बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्य देशका विदेशमन्त्रीहरूको दौडधुप, को कहाँ गए ?

सोमबार, ०७ साउन २०७५, २१ : १७
सोमबार, ०७ साउन २०७५

त्रिपोली । विश्वका प्रमुख देशका विदेश मन्त्रीहरूले अहिले रणनीतिक र अर्थपूर्ण वैदेशिक भ्रमणमा निस्किएका छन् । 

फ्रान्सका विदेशमन्त्री लिबिया, रुसका विदेशमन्त्री इजरायल र बेलायतका विदेशमन्त्री चीन जाँदैछन् । 

फ्रान्सका विदेशमन्त्री जेन भेज लि ड्रिअन लिबियाको त्रिपोली पुगेको एएफपी समाचार संस्थाले जनाएको छ । 

लिबियामा हुन लागेको निर्वाचनको सन्दर्भलाई लिएर ड्रिअन त्रिपोली पुगेको समाचारमा उल्लेख गरिएको छ । उनले लिबियाका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन् ।

त्यसैगरी रुसका विदेश मन्त्री सेर्गेइ लाभरोभले आफ्नो देशका सेना प्रमुखलाई लिएर सोमबार इजरायल गएका छन् । 

छिमेकी मुलुक सिरियामा भइरहेको द्वन्द्वका बारेमा छलफल गर्न उनी इजरायल गएको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले जानकारी दिएका छन् । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आग्रहमा उनको भ्रमण भएको प्रधानमन्त्री नेतान्याहुले बताएका छन् । 

यता बेलायतका नवनियुक्त विदेशमन्त्री जेरेमी हन्ट पनि औपचारिक भ्रमणका लागि चीन जान लाग्नुभएको छ । 

यही जुलाई ३० तारिखका दिन उनी चीन भ्रमणमा आउन लागेको बेलायती उच्च अधिकारीहरूले जानकारी दिएका छन् । 

चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा हन्ट चीन आउन लागेका सोमबार जानकारी दिइएको छ । 

विश्व राजनीतिमा प्रभाव पार्ने मुख्य देशका विदेश मन्त्रीहरूको रणनीतिक अर्थ राख्ने देशहरूमा भइरहेको भ्रमणलाई महत्वका साथ हेरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप